Sajhamanch Archive

कोरोना खोपको आशा:नौवटा खोप परीक्षणको तेस्रो चरणमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खोपको आशा:नौवटा खोप परीक्षणको तेस्रो चरणमा.

काठमाडौं कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ । अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका […]

धरानबाट लागूऔषधसहित एक महिला र २ पुरुष पक्राउ

Published: in समाज by . Leave a Comment on धरानबाट लागूऔषधसहित एक महिला र २ पुरुष पक्राउ.

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर र लागूऔषध ट्याब्लेटसहित ३ जना परेका छन् । धरान–१३ को एक घरबाट लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ की २६ वर्षीया समिया लिम्बू, धरान–१३ कै २९ वर्षीय मन्दिप मगर र धरान–१५ का ४३ वर्षीय घनश्याम राईलाई पक्राउ […]

वर्षा राउतको चिन्ताः भारतीय साथीहरु कसरी फेस गर्नु ?

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on वर्षा राउतको चिन्ताः भारतीय साथीहरु कसरी फेस गर्नु ?.

नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत विवादमा मुछिएकी छन् । उनको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार […]

लकडाउनमा शैक्षिक क्षेत्र : पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on लकडाउनमा शैक्षिक क्षेत्र : पर्ख र हेरकै अवस्था कहिलेसम्म ?.

काठमाडौं । कोरोना भाइरस रोग (कोभिड–१९)सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन । यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेरकै अवस्थामा […]

संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी.

काठमाडौं । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ महत्त्वपूर्ण मानिन्छ । कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको स्पष्ट ठेगाना खुलाउन प्रभावकारी भुमिका निर्वाह गर्न सकेको छैन । संक्रमितसँग सम्पर्कमा आएकाको […]

ट्रम्प भन्छन्– चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्प भन्छन्– चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । किनभने, उनकै शव्दमा– अमेरिकामा प्रार्थनाको आवश्यकता छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’ कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ […]

नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु.

काठमाडौं । दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ । असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको र […]

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै.

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो । युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको […]

चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो.

चोरका अनेक शैली हुन्छन् । तर बढी बाठो बन्न खोज्दा कहिलेकाहीँ नराम्रोसँग फस्छन् चोरहरू ।अमेरिकाको भर्जिनियामा एउटा यस्तै घटना भएको छ । भर्जिनियामा एउटा पसल लुट्नका लागि अनौठो पहिरनमा दुईजना चोरहरू पसलमा छिरे । शनिबार लुइसा पुलिस विभागले फेसबुकमा ती दुई चोरको फोटो सार्वजनिक गर्‍यो । त्यसपछि चोरको त्यो फोटो भाइरल बन्यो सामाजिक सञ्जालमा । […]

पसिना बेच्न सकिन्छ, आमा होइनः वर्षा राउत

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on पसिना बेच्न सकिन्छ, आमा होइनः वर्षा राउत.

सरकाले नेपालको नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला भारतीय मिडियामा यसलाई लिएर चर्को बहस सुरु भैरहेको छ । भारतीय मिडियाले नेपालको बारेमा बहस छेडिरहँदा नायिका मनिषा कोइरालाको एक ट्विटले त हंगामा नै मच्चायो । यसले, नेपाली कलाकारहरुलाई फेरि एक बनाएको छ । कलाकारहरुले नायिका कोइराला र नेपाली भूमिको बिषयमा आफ्नो भनाई सार्वजनिक गर्न थालेका छन् ।नायिका […]