सुरुङ्गा । सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले सघिय सरकारसग माग गर्नु भएको छ । सोमबार कनकाई वडा न ७ मा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्धघाटन क्रममा बोल्दै मेयर पोख्रेलले आफुहरुले स्थानीय तहको तर्फबाट सुकुम्बासी हरुका लागि सबै कार्य पुरा गरिसकेकाले अब पनि लाल पुर्जा […]
बिर्तामोड । झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो । त्रिभुवन आर्मी क्लब र झापा ११ बीच झापा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । अवार्डबाट सम्मानित हुनुअघि विशाललाई […]
बिर्तामोड । झापा गोल्डकप २०७८ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको हो । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त […]
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ । ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको हो । अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोनका संक्रमित फेला परेको स्काइ न्यूजमा समाचार छ । साइप्रसको एक ल्याबमा परीक्षण गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको हो । फ्रान्सका कतिपय स्थानमा […]
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले गएको शुक्रवार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । त्यो अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक […]
कमल । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै टेम्केले फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा रेडहर्षका लागि हरी सिटौला र सन्जित राईले गोल गरे । रेडहर्षका लागि मनिस […]
विर्तामोड । विर्तामोड नगरपालिका वडा नम्बर ४मा रहेको सनातन धर्म सेवा समितिको ३८ औँ वार्षिकोत्सव तथा सम्मान समारोह आइतबार सम्पन्न भएको छ । समितिको कार्यालयमा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा बिर्तामोड ४ का भवनदाता,समाजसेवी गणेशप्रसाद खनाल र बिर्तामोड ३का अमृतबहादुर बुढाथोकी रहनु भएको छ […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरी पालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामाग्री वितरण गरेको छ । बिर्तामोड १० मा आयोजित व्यवसायिक मौरी विकास तालिमको समापन कार्यक्रमका विच नगर उपप्रमुख पवित्रा महातारा प्रसाईले सहभागीहरुलाई प्रमाणपत्र सहित आधार चाका, धुवादानी,टोपी,व्रस,महदानी लगायतका सामाग्री सहित मौरीका घार हस्तान्तरण गर्नु भएको हो । नगरपालिकाको ७० प्रतिशन […]
विर्तामोड । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधि विकास तामाङले जितेका छन् । शनिबार बिर्तामोडमा आयोजना गरीएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागीखेलाडी ट्याग नम्बर ५२का तामाङले उपाधी हात पारेका हुन् । यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज […]
भद्रपुर । सेवा निवृत्त कर्मचारी समाज झापाले भद्रपुर ८ स्थित भानु प्रा वि (आधारभूत विद्यालय) का विद्यार्थीका लागि ३ सय थान माक्स निशुल्क प्रदान गरेको छ । कोरोना संक्रमण टरिनसकेको भन्दै रोग सर्नबाट सचेत गराउन समाजले विद्यालयकी प्रधानअध्यापक सीता विमलीको रोहवरमा बाल क्लबकी अध्यक्ष अञ्जना राईलाई माक्स हस्तान्तरण गरेको हो । हिन्दु स्वयम सेवक संघ […]