भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी परियोजना विद्युत र सडकको विकासका लागि आएको अमेरिकी सहयोग रहेको प्रष्ट पारेका छन् । नेपाली काँग्रेस भद्रपुर १० ले आयोजना गरेको परिचयात्मक तथा प्रशिक्षण कार्यक्रमलाई चन्द्रगढी स्थित प्रशिक्षण केन्द्रमा आज सम्पन्न कार्यक्रममा बोल्दै शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सवै प्रधानमन्त्रीले अमेरिकी सरकारसित मागेको सहयोग परियोजना विद्युत र […]
बिर्तामोड । घरेलु टोली झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापा ११ ले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि निर्वाचन खर्च सीमा (सिलिङ) तोकेको छ । आयोगले आज (शुक्रबार)वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सन्दर्भमा दलका प्रतिनिधिसँगको छलफलमा निर्वाचन खर्चका लागि सीमा निर्धारणबारे जानकारी गराएको हो । जसअन्तर्गत महानगरपालिकाको प्रमुखरउपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा ७ लाख ५० हजार निर्धारण गरिएको छ । त्यस्तै, उपमहानगरपालिकाको […]
विर्तामोड । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको ‘मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिप’ प्रतियोगिता बिर्तामोडमा सुरु भएको छ । वडि विल्डिङ्ग च्याम्पियनसिपको पहिलो दिन शुक्रवार अतिथिसदनमा प्रि जर्जिङ राउण्ड सम्पन्न भयो । प्रि–जर्जिङ राउण्डको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो । प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका ४४ […]
विर्तामोड । राष्ट्रिय हात्तिपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम बिर्तामोडमा शुभारम्भ गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार आयोजना गरेको संक्षिप्त कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले औषधि सेवन गरेर शुभारम्भ गरेका छन् । कार्यक्रममा नगरपालिकाी उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट,स्वास्थ्य कार्यालय झापाका प्रमुख […]
झापा । श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । समितिले आज शुक्रबारबाट दुईदिने २७ र २८ गते प्रशिक्षण कार्यक्रम सुरु गरेको बाइजुराज महिला समिति झापाकी अध्यक्ष मिरा अधिकारी ओलीले जानकारी दिइन । उनका अनुसार झापाका ३४ वटा प्रारम्भिक समितिबाट सहभागि हुने बाइजुराज महिलाहरुलाई […]
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । खेल सुरु भएको २५औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरे […]
बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको […]
किभ । रुसले आक्रमण गरेपछि झण्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् । युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई […]
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भिषण आगलागी भएको छ । आगलागीमा परी एक बृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६७ वर्षकी चुलीमाया लिम्बूको रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । फुङलिङ नगरपालिका–४ मा आज बिहान ८ बजेतिर आगलागी भएको हो । । आगलागी नियन्त्रणमा नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र […]