Sajhamanch Archive

भारतले महाकाली नदीको बहाव परिवर्तन हुने गरी एकतर्फी तटबन्ध बनाउन थालेपछि तनाव

Published: in विविधा, समाज by . Leave a Comment on भारतले महाकाली नदीको बहाव परिवर्तन हुने गरी एकतर्फी तटबन्ध बनाउन थालेपछि तनाव.

दार्चुला । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सिर्जना भएको छ । दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने गरी आफूखुशी पक्की तटबन्ध निर्माणको कार्य गरेपछि दुवै पक्षबीच तनाव भएको हो । महाकाली नगरपालिका(४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव […]

डढेलो निभाउन जाँदा दाजुको जलेर घटनास्थलमै मृत्यु, भाइ गम्भीर घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on डढेलो निभाउन जाँदा दाजुको जलेर घटनास्थलमै मृत्यु, भाइ गम्भीर घाइते.

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका(५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक युवकको जलेर मृत्यु भएको छ । डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर बोहराको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । डढेलोमा परेर मृतक बोहराका २१ वर्षीय भाइ मनबहादुर गम्भीर घाइते भएका छन् […]

निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड

Published: in अर्थतन्त्र, विविधा by . Leave a Comment on निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड.

काठमाडौँ । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार आईओसीलाई बुझाएको हो । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी […]

रुसको तेल आपूर्ति बन्द गरे युरोप जाने मुख्य ग्यास लाईन बन्द गरिदिने रुसको चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on रुसको तेल आपूर्ति बन्द गरे युरोप जाने मुख्य ग्यास लाईन बन्द गरिदिने रुसको चेतावनी.

काठमाडौं । आफ्नो तेल आपूर्तिमा पश्चिमा देशहरुले प्रतिबन्ध लगाए जर्मनी जाने ग्यासको मुख्य लाईन बन्द गर्ने चेतावनी रुसले दिएको छ । रुसबाट तेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकाले आफ्नो गठबन्धनमा छलफल थालेपछि रुसले यस्तो चेतावनी दिएको हो । तर अमेरिकाको प्रस्तावलाई जर्मनी र नेदरल्याण्डले भने अस्वीकार गरिसकेका छन् । युरोपेली देशहरुको ४० प्रतिशत ग्यास र […]

अबको लडाइँ सत्य र असत्यबीच हुन्छ: केपी ओली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on अबको लडाइँ सत्य र असत्यबीच हुन्छ: केपी ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताएका छन् । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताएका हुन् । उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको […]

कहालीलाग्दो कर्णाली राजमार्ग, यसरी दुर्घटनाबाट जोगियो मालवाहक ट्रक

Published: in समाज by . Leave a Comment on कहालीलाग्दो कर्णाली राजमार्ग, यसरी दुर्घटनाबाट जोगियो मालवाहक ट्रक.

कालीकोट । कर्णाली राजमार्गमा मालवाहक ट्रक मुस्किलले दुर्घटनाबाट जोगिएको छ । कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बोकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो । आइतवार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट […]

प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित.

विर्तामोड । सामाजिक न्याय, हिंसा न्युनीकरण एवं समाज रुपान्तरणका लागि क्रियाशील सामाजिक संस्था मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित […]

नारी दिवसको अवसरमा अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on नारी दिवसको अवसरमा अन्तरक्रिया.

विर्तामोड । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल महिला संघ झापा कनकाई नगरसमितिले अन्तरक्रियात्मक कार्यक्रम झापाको कनकाई–७ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न गरेको छ । महिलाहरुलाई राजनीतिक दल एवं सामाजिक संघसंस्थाहरुको अधिकतम सहभागी गराउँदै सांगठनिक सक्रियता बढाउने सन्दर्भमा कार्यक्रममा छलफल एवं अन्तरक्रिया भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली […]

राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. २ को कमिटी गठन

Published: (Updated: ) in विविधा by . Leave a Comment on राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. २ को कमिटी गठन.

बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. २ को प्रथम ऐतिहासिक अधिवेशनले बिप्लब भट्टराईको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा सनत कुमार चापागाईं, सचिव प्रज्वल प्रधान सहित ३१ सदस्यीय कमिटी गठन भएको हो । युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा जिल्ला […]

 प्रदेश सरकारले ११२ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on  प्रदेश सरकारले ११२ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने.

विराटनगर । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल […]