Sajhamanch Archive

विर्तामोड नगरपालिकाले चुम्यो, पालिका स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि

Published: (Updated: ) in खेलकुद, विविधा, by . Leave a Comment on विर्तामोड नगरपालिकाले चुम्यो, पालिका स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी पालिका स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विर्तामोड नगरपालिकाले हात पारेको छ । विर्तामोड नगरपालिकाले भद्रपुर नगरपालिकालाई ५–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । खेलको पहिलो हाफको ७ मिनेटमा विर्तामोड नगरपालिकातर्फबाट जर्सी नं. ७ तजेन्द्र तामाङ्गले पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समय भद्रपुरले आत्मघाती […]

एकीकृत अखिल नेपाल शिक्षक संघ शिवसताक्षीको पनर्गठन

Published: in राजनीति by . Leave a Comment on एकीकृत अखिल नेपाल शिक्षक संघ शिवसताक्षीको पनर्गठन.

शिवसताक्षी । नेकपा (माओवादी केन्द्र ) एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवसताक्षी नगरको दोस्रो नगरपरिषद सम्पन्न भएको छ । दुधे स्रोतकेन्द्र सभा हलमा सम्पन्न भएको भेलाले अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षमा नगर समिति पुनर्गठन भएको हो । जसको उपाध्यक्षमा उर्मिला दाहाल उपाध्यक्षमा दधि गणेश, खगेन्द्र घिमिरे, सचिव योगेन्द्र अधिकारी, सह सचिव सह सचिब पुर्ण सिङ राजवंशी […]

इटहरीमा भौतिक संरचना धमाधम बनिदै

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा भौतिक संरचना धमाधम बनिदै.

इटहरी । इटहरी उपमहानगरपालिकाका पहिलो कार्यकालका जनप्रतिनिधिले गरेको विकास र सम्वृद्धिको परिणाम देखिन थालेको छ । निर्माण सम्पन्न भएका भौतिक संरचनाको धमाधम उदघाटन भइरहेको छ । नयाँ योजनाहरु शिलान्यास गरिदै छ । यहि क्रममा आज इटहरी ४ स्थित वुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उदघाटन र नयाँ वन्ने अर्को भवनको शिलान्यास गरिएको छ । उपमहानगरका प्रमुख […]

महिला हिंसा विरूद्व कानूनी शिक्षा सम्बन्धि तीनदिने तालिम सुरु

Published: in समाज by . Leave a Comment on महिला हिंसा विरूद्व कानूनी शिक्षा सम्बन्धि तीनदिने तालिम सुरु.

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडाको आर्थिक सहयोगमा महिलाको क्षमता अभिबृद्वि तथा महिला हिंसा विरूद्व कानूनी शिक्षा सम्बन्धि तीनदिने तालिम आजदेखि शुरू भएको छ । संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं। ९ का वडाध्यक्ष पवित्रा पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाठक नेपाल पत्रकार महासंघ […]

 वडाध्यक्ष विरूद्ध वडा कार्यालयमा तालाबन्दी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on  वडाध्यक्ष विरूद्ध वडा कार्यालयमा तालाबन्दी.

भद्रपुर । भद्रपुर ९ का वडाध्यक्ष शनिलाल राजवंशीलाई अदालतले दोषी प्रमाणित गर्दा समेत वडाको काम कारवाही जारी राखेको भन्दै नेपाली काँग्रेसले वडा कार्यालयमा तालाबन्दी गरेको छ । विदेशी नागरिकलाई अनधिकृत नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको प्रमाण सहित वडाध्यक्ष राजवंशीलाई दोषी ठहर गरेर झापा जिल्ला अदालतले मंसिर १३ गते कैद र जरिमाना तोकेर फैसला गरेको […]

झापामा पहिलोपटक रात्रीकालीन भलिबल हुने

Published: in खेलकुद by . Leave a Comment on झापामा पहिलोपटक रात्रीकालीन भलिबल हुने.

भद्रपुर । झापामा पहिलोपटक रात्रीकालीन भदिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको मैदानमा रात्रीकालीन भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको हो । खेलकुदको माध्यमबाट युवावर्गको सशक्तिकरण गर्ने उद्देश्यले भद्रपुरमा हालै गठन भएको भद्रपुर युवा परिवारले संस्था स्थापनाको अवसर पारेर आगामी चैत ६ गतेदेखि ८ गतेसम्म वडास्तरीय नकआउट रात्रीकालीन भलिबल प्रतियोगिता गर्न लागेको […]

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४–४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो […]

शिवसताक्षी उद्योग वाणिज्य संघमा शर्मालाई ७ मतले पछि पार्दै काफ्ले विजयी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी उद्योग वाणिज्य संघमा शर्मालाई ७ मतले पछि पार्दै काफ्ले विजयी.

शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष पदमा दूधेका व्यवासयी याम काफ्ले निर्वाचित भएका छन् । काफ्लेले रामनरेश शर्मालाई ७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । गठबन्धन तर्फका उम्मेद्वार याम काफ्लेले ५८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेतर्फका उम्मेद्वार रामनरेश शर्माले ५७८ मत प्राप्त गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेशकुमार मिश्र विजयी […]

दारी ग्याङको आयोजनामा रक्तदानः ५९ प्रिन्ट रगत संकलन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on दारी ग्याङको आयोजनामा रक्तदानः ५९ प्रिन्ट रगत संकलन.

बुद्धशान्ति । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाका अध्यक्ष तथा कार्यक्रम सभापति गोकुल पौडेलले जानकारी दिए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता तथा […]

समाज उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्णः मन्त्री राई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on समाज उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्णः मन्त्री राई.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताए । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारि सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे आज विहान सरोकारवालावीच आयोजित छलफल कार्यक्रममा मन्त्री राईले उक्त कुरा बताएका हुन् । उनले महिलामाथि हुने विभेद विरुद्ध शुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष मनाईने अन्र्तराष्ट्रिय […]