Sajhamanch Archive

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, उदयपुरमा १ र […]

भद्रपुर मारवाडी महिला तथा युवती मञ्चद्धारा शैक्षिक सामग्री वितरण

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुर मारवाडी महिला तथा युवती मञ्चद्धारा शैक्षिक सामग्री वितरण.

भद्रपुर । भद्रपुर मारवाडी महिला तथा युवती मञ्चले नगर क्षेत्रमा सामाजिक गतिविधिलाई तीव्रता दिएको छ । सोही अभियान अन्तरगत मारवाडी महिला मञ्चले बुधवार भद्रपुर ६ स्थित शारदा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । साथै विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा खिचडी समेत खुवाएका थिए । मारवाडी महिला मञ्चकी अध्यक्ष निकी अग्रवालको नेतृत्वमा गएका पदाधिकारीसहितको […]

पूर्वीद्वार सहकारीद्वारा मेचीनगरमा बाल क्लब गठन

Published: in विविधा, सहकारी by . Leave a Comment on पूर्वीद्वार सहकारीद्वारा मेचीनगरमा बाल क्लब गठन.

मेचीनगर । पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा बाल क्लब गठन गरेको छ । मंगलबार संस्थाको प्रधान कार्यालय धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर बाल क्लब मेचीनगर गठन गरेको हो । बाल क्लब मेचीनगरको अध्यक्षमा आश्रय अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिकारी खुट्टीडाँगी सेवा केन्द्र अन्तरगत बाल क्लबका अध्यक्ष समेत हुन् । अध्यक्ष अधिकारीको […]

आगलागी पीडितलाई राहत वितरण गर्दै आदर्श साकोस

Published: in विविधा, सहकारी by . Leave a Comment on आगलागी पीडितलाई राहत वितरण गर्दै आदर्श साकोस.

शिवसताक्षी । शिवसताक्षीको दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाले शिवसतक्षी न.पा. १० स्थित दोमुखाका आगलागी पीडितलाई राहत रकम प्रदान गरेको छ । सहकारीले समुदाय प्रति चासो र सामाजिक उत्तरदाहित्व बहन गर्दै आगलागी पीडितलाई नगद २० हजार राहत रकम प्रदान गरेको हो । संस्थापक सदस्य कृष्णकुमार गिरी र अध्यक्ष चन्द्रबहादुर थापाले १० हजार र […]

सञ्चालक र कर्मचारीको क्षमता बृद्धि गराउँदै आदर्श साकोस

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on सञ्चालक र कर्मचारीको क्षमता बृद्धि गराउँदै आदर्श साकोस.

शिवसताक्षी । शिवसताक्षीको दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाले दुई दिवशीय क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । सहकारीले पर्यटकीय क्षेत्र दोमुखामा संस्था सञ्चालक र कर्मचारीहरुलाई दुई दिवशीय क्षमता अभिबृद्धि तालिम दिइएको हो । समग्र संस्थाको अवस्था चित्रण, पल्र्समा आधारित सुचांक र संस्थाको विष्लेषण र सञ्चालक समिति र कर्मचारीहरुको जिम्मेवारीका विषयमा आधारित रहेर […]

इटहरीमा छात्रावास सहितको सुविधा सम्पन्न भवनको निर्माण कार्य सुरु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा छात्रावास सहितको सुविधा सम्पन्न भवनको निर्माण कार्य सुरु.

इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्र्तगत कचना वुढिगंगा स्कुल इटहरी ४को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । इटहरी उपमहानगरपाकिाका प्रमुख द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका हुन् । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । […]

योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी.

विर्तामोड । हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन (एम डि ए ० कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ति पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरीएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन […]

कमल गाउँपालिका वडा नम्बर ४ द्वारा वालमैत्री घोषणा अभियानलाई तिब्रता

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिका वडा नम्बर ४ द्वारा वालमैत्री घोषणा अभियानलाई तिब्रता.

कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रमलाई तिव्रता दिदै आज मोटरसाईकल र्याली गरेको छ । आगामी फागुन २३ गते वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तरगत आज मगलवार वडालाइ वडाका सबै टोल विकास सस्थामा सचेतानमुलक मोटरसाईकल र्याली गरेको हो । कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल […]

महाशिवरात्रीको अवसरमा जेसीजद्वारा बृहत सरसफाई तथा प्रसाद वितरण

Published: in विविधा, समाज by . Leave a Comment on महाशिवरात्रीको अवसरमा जेसीजद्वारा बृहत सरसफाई तथा प्रसाद वितरण.

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम मन्दिर परिसरमा सरसफाई गरिएको छ । महाशिवरात्रीको अवसरमा सतासीधाम जेसीजद्वारा बृहत सरसफाई तथा धाममा आउने भक्तजनहरुलाई प्रसाद वितरण गरेको हो । जेसीजले सामुदायिक कार्यक्रम अन्तर्गत सताक्षीधाम मन्दिर सरसफाई र महाशिवरात्रीमा आउने ५ सय श्रद्धालु भक्तजनहरुलाई प्रसाद वितरण गरिएको सतासीधाम जेसीजका वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले जानकारी […]

इटहरीमा वाइपास गर्न मिल्ने तीन पुल निर्माण

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on इटहरीमा वाइपास गर्न मिल्ने तीन पुल निर्माण.

इटहरी । इटहरीचौकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्न मिल्ने तीन वटा पुल निर्माण भएका छन । ती मध्ये दुइवटा पुलको पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उदघाटन गरिएको हो । वडा नम्वर ४ […]