Sajhamanch Archive

अन्तरपालिका स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु, शिवसताक्षी र अर्जुनधारा विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on अन्तरपालिका स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु, शिवसताक्षी र अर्जुनधारा विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा आजबाट अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिका प्रमुुख चन्द्रकुमार सेर्माले गरेका हुन् । शिवसताक्षी नगरपालिकाको निर्माणधिन दूधे रंगशालामा अन्तर पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा शिवसताक्षी र अर्जुनधारा विजयी भएका छन् । उद्घाटनका दुई खेल मध्ये पहिलो खेलमा बाह्रदशी […]

ठेक्केदारलाई सजायः कमसल सामाग्री प्रयोग गरेको भन्दै विर्तामोड नगरपालिकाले भत्कायो कालो पत्रे

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on ठेक्केदारलाई सजायः कमसल सामाग्री प्रयोग गरेको भन्दै विर्तामोड नगरपालिकाले भत्कायो कालो पत्रे.

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्रगतिनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ । शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ग्रेडर लगाएर उक्त सडक भत्काउन लगाएका हुन् । इन्जिनियर, प्राविधिक सहित सडकमा पुग्नु भएका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामाग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाइएको […]

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा […]

युवालाई एसी तथा फ्रिज मेकानिक तालिम

Published: in विविधा, समाज by . Leave a Comment on युवालाई एसी तथा फ्रिज मेकानिक तालिम.

बिर्तामोड । मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा –४ मोरङको आयोजना तथा पूर्वाञ्चल एकता बहुउद्धेशिय सेवा प्रालि बिर्तामोडको संयोजनमा एसी तथा फ्रिज मेकानिक तालिम बिर्तामोडमा सुरु भएको छ । एसी तथा फ्रिज मेकानिक पेशामा आवद्ध मेकानिक्सहरुको सीप अभिवृद्धिका लागि उक्त तालिम प्रदान गरिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी ) र दिगो तथा सम्मनित […]

लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड

Published: in विविधा, समाज by . Leave a Comment on लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड.

कमल । तोपगाछी धरमपुर मैत्री समाजले शुक्रवार लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड राखिएको छ । कमल गाउँपालिका वडा नम्वर ५ लखनपुर स्थित मंगलवारे देखी शिवसक्षाक्षी नगरपालिका वडा नम्वर ६ हल्लारचौक हँुदै शिवगंज सम्म जाने सडकको मुख्य १४ स्थानमा संकेत बोर्ड राखिएको तोपगाछी धरमपुर मैत्री समाजका सल्लाकार होमप्रसाद गौतमले जानकारी दिए । […]

पर्यटकीय क्षेत्र दोमुखामा भिषण आगलागी, चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on पर्यटकीय क्षेत्र दोमुखामा भिषण आगलागी, चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट.

शिवसताक्षी । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भिषण आगलागी भएको छ । विहीबार राती करिब १ बजेको समय दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट भएको हो । शिवसताक्षी न.पा. १० स्थित दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जयपलिया, हरि भण्डारीको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । दुई […]

नेपाली कांग्रेसको विर्तामोडमा अन्तरक्रिया

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेपाली कांग्रेसको विर्तामोडमा अन्तरक्रिया.

विर्तामोड । नेपाली काङ्ग्रेस झापा क्षेत्र न.२ (क ) र बिर्तामोड नगरपालिका ५ न. वडा समितिले संगठन बिस्तार सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । टोल समितिका पदाधिकारी, वडा समितिका पदाधिकारी÷सदस्य, क्षेत्रीय प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसको सांगठनिक अवस्था, विस्तारका लागि गर्नुपर्ने कार्यका बारेमा समीक्षा गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका […]

लैङ्गिक हिंसामा यौन हिंसाका पीडित १४ वर्ष मुनिका बालिका बढी

Published: in समाज, स्थानीय तह by . Leave a Comment on लैङ्गिक हिंसामा यौन हिंसाका पीडित १४ वर्ष मुनिका बालिका बढी.

भद्रपुर । हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचारकेन्द्र भद्रपुरमा वार्षिक १७० जनाले सेवा लिएको पाइएको छ । लैङ्गिक हिंसा पीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको मेची अस्पतालको विवरण अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा हिंसा पीडित १७० ले निशुल्क सेवा पाएका हुन् । मेची अस्पताल मातहतमा रहेको निशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक […]

प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ […]

कमलमा राष्ट्रिय हात्तीपाइले रोग निवारण अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमलमा राष्ट्रिय हात्तीपाइले रोग निवारण अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न.

कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान २०७८ अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । नेपालको तीन तीरको सीमाना भारतसँग जोडिएकाले नेपालका दक्षिणी भेगहरु हात्ती रोगबाट बढी प्रभावित भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताए । हाल नेपालमा प्रति १ सय जनामा ३ जना हात्ती पाइले रोगी […]