Sajhamanch Archive

नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामाग्री वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामाग्री वितरण.

मेचीनगर । सेफ द चिल्ड्रेन, आसमान नेपालद्वारा सञ्चालित कोभिड प्रतिकार्य तथा पूर्वतयारी (इको आइओएम) परियोजना अन्तर्गत मेचीनगर नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाको सभाकक्षमा आइओएमका परियोजना प्रवन्धक उमा नेपालले नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सामान हस्तान्तरण गरेका ह्न् । उनले स्थानीय सरकारसँग सहकार्य […]

वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन.

कमल । झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन सुरु गरेको छ । “खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने कार्यक्रम अन्तरगत विद्यालयको अनुगमन सुरु गरेको हो । जनप्रतिनिधी, विषयगत शाखाका […]

शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन: एमसीसी फिर्ता भए चीनको हस्तक्षेप ठान्छौं

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन: एमसीसी फिर्ता भए चीनको हस्तक्षेप ठान्छौं.

काठमाडौं । अमेरिकाका एक मन्त्रीले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे तत्काल निर्णय लिन आग्रह गरेका छन् । साथै उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिएका छन् । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी०) सम्झौता लामो समयदेखि प्रतिनिधिसभा (संसद) मा […]

प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, […]

सडक दुर्घटनामा परी शिवसताक्षीका युवकको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सडक दुर्घटनामा परी शिवसताक्षीका युवकको मृत्यु.

कमल । कमल गाउँपालिकामा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पुर्वपश्चिम सडक खण्ड अन्तरगत झापाको कमल गाउँपालिका ४ सिद्धार्थ चोक नजिकै भएको सवारी दुर्घटनामा परि शिवसताक्षी नगरपालिका ८ झिलझिले निवासी ४१ वर्षिय नर बहादुर गहतराजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले बताएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे ६ प २७१८ नम्वरको […]

मन्त्री कार्कीद्वारा उदयपुरको सुरक्षाबारे छलफल

Published: in विविधा, समाज by . Leave a Comment on मन्त्री कार्कीद्वारा उदयपुरको सुरक्षाबारे छलफल.

उदयपुर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसँग जिल्लाको सुरक्षाका बारेमा छलफल गरेका छन् । मङगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्लामा सुरक्षाको व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको […]

शिवालय मन्दिर तथा बालआश्रमको अक्षयकोषमा उप्रेती दम्पतीबाट २ लाख सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on शिवालय मन्दिर तथा बालआश्रमको अक्षयकोषमा उप्रेती दम्पतीबाट २ लाख सहयोग.

कनकाई । झापाको कनकाई ७ स्थित शिवालय मन्दिर तथा बालआश्रमले स्थापना गरेको अक्षयकोषमा स्थानीय समाजसेवी देवीप्रसाद र लिला उप्रेतीबाट सहयोग रकम प्राप्त भएको छ । मन्दिर परिसरमा एक संक्षिप्त कार्यक्रमका विच दाता उप्रेती दम्पतीले संस्थाका अध्यक्ष भिष्म सिटौलालाई अक्षयकोष बापतको २ लाख बराबरको चेक हस्तान्तरण गरेका छन् । हाल काठमाण्डौ किर्तिपुरमा बस्दै आएका उप्रेती दम्पतीले […]

प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेहृथुम, उदयपुर र संखुवासभामा […]

जन्मोत्सव मनाउने खर्चले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on जन्मोत्सव मनाउने खर्चले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण.

शिवसताक्षी । सतासीधाम जेसीजले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जेसीजका वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष निर्मला प्रधानकी सासुआमा पदमा कुमारी प्रधान र छोरा नयन प्रधानको जन्म दिनको अवसरमा १२ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । जेसीज पदाधिकारी सदस्य तथा जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रधान परिवारले सासुआमा र छोराको […]

कोशी अस्पतालको सेवा प्रवामा दलहरुको चासो, अस्पताल सुधारका लागि दलहरुले अनुगमन गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on कोशी अस्पतालको सेवा प्रवामा दलहरुको चासो, अस्पताल सुधारका लागि दलहरुले अनुगमन गर्ने.

विराटनगर । विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरंगका राजनीतिक दलहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समुह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिवद्धता आएको हो । विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या […]