Sajhamanch Archive

प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२, संखुवासभा र भोजपुरमा ४–४, धनकुटामा ३, पाँचथर, […]

राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिकाबीच सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिकाबीच सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता.

झापा । राष्ट्रिय भुमि आयोग र बिर्तामोड नगरपालिका विच भूमिहिन दलित,भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता भएको छ । आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग विच दुई पक्षिय सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे,सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख […]

कमल गाउँपालिकामा निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा सुरु.

कमल । कमल गाउँपालिकामाल निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा आजबाट सुरु भएको छ । गाउँपालिकाबासीका भित्रका निजामति क्षेत्रमा काम गर्न इच्छुकलाई लोकसोवा परीक्षाकामा सहयोग होस् भन्ने उद्देश्यले लोकसेवा तयारी कक्षा सञ्चालन गरिरएको हो । तयारी कक्षा कमल ५ स्थित कोभिड अस्पतालको सभाहलमा सुरु गरिएको हो । आफ्नै पालिका भित्रबाट सरकारी निकायमा दक्ष जनशक्ति उत्पादनका […]

सामाजिक काममा निर्माण व्यवसायी खरेल, लगाइदिए निजी खर्चमा विजुली

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सामाजिक काममा निर्माण व्यवसायी खरेल, लगाइदिए निजी खर्चमा विजुली.

शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्र दक्षिण चार फेस विजुलीको तार लगाएको छ । शिवसताक्षी ११ दूधेका निर्माण व्यवसायी देवेन्द्र खरेलले एकल लगानीमा १२ ओटा विजुलीको पोलमा चार फेस विजुलीको तार लगाइदिएका हुन् । गाउँलेहरुलाई दुई फेस तारबाट गएको बिद्युतले सिँचाईको मोटर चल्न नसकेपछि खरेलले एक लाख बढीको लगानीमा दुई फेस […]

पत्रपत्रिका पुनः मूल्याङ्कन गरी बर्गीकरण गर्न प्रेस सेन्टरको माग

Published: in विविधा, समाज by . Leave a Comment on पत्रपत्रिका पुनः मूल्याङ्कन गरी बर्गीकरण गर्न प्रेस सेन्टरको माग.

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले हालै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वगाीकरणप्रति असन्तुष्टि जनाउँदै पुनः मूल्याङ्कन गर्न माग गरेको छ । सेन्टरका झापा अध्यक्ष झुलन रेग्मीले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै पुनः मूल्याङ्कन गर्न माग गरेका हुन् । प्रेस काउन्सिलले प्रत्येक वर्ष देशभरबाट प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷०७६ र […]

प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३–३, इलाम, संखुवासभा र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ, […]

विर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत

Published: in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत.

माघ । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई स्वागत गरीएको छ । नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई स्वागत गरीएको हो ।उहाँलाई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खादा लगाएर स्वागत गर्नु भयो । न्यौपाने सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आउनु भएको […]

प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३–३, पाँचथरमा […]

प्रदेश नं. १ मा मन्त्री परिषद विस्तार, सांसद दर्लामीलाई कृषि मन्त्रालय

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश नं. १ मा मन्त्री परिषद विस्तार, सांसद दर्लामीलाई कृषि मन्त्रालय.

झापा । झापा क्षेत्र नं. ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामी मगरले कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्दै दर्लामीलाई कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त गरेका हुन् । आइतबार भएको मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ । जसमा खानेपानी‚ […]

घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट.

धनगढी। दुई भारतीय नागरिकले कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताप्रहरी नायब उपरीक्षक९डीएसपी० चक्रबहादुर शाहले पाण्डेका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा […]