भद्रपुर । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको छ । स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले नयाँ साइकल वितरण गरेको हो । गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश […]
शिवसताक्षी । परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी र अनेराश्ववियु शिवसताक्षी नगर कमिटीद्वारा विरोध प्रदर्शन गरिएको हो । सरकारले गरेको मृल्यबृद्धि, असंविैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध राष्ट्रिय युवा संघ र अनेराश्ववियुले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् । विरोध र्यार्लीले दूधे बजार परिक्रममा गरी कोष […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, संखुवासभा […]
कमल । वडामा रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउने उद्देश्यले कमल गाउँपालिका वडा नम्वर ३ मा वडा खेलकुद समिति गठन भएको छ । समिति गठनसँगै वडा कार्यालयले खेलकुद सामाग्री समेत प्रदान गरेको छ । वडा कार्यालय फुटवल १० थान, भलिवल ५ थान, फुटवल जाली १ सेट, भलिवल नेट १ सेट, क्रिकेट व्याट २ थान, क्रिकेट […]
झापा । यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ । कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेहृथुम, […]
भद्रपुर । भद्रपुर जेसीजको ४६ औ पद हस्तान्तरण कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । सन् २०२१ का अध्यक्ष खिलनाथ पाण्डे निकासको अध्यक्षता तथा पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट नागरिक सम्मान, क्यान्सर रोग पीडितलाई आर्थिक सहयोग, भद्रपुर जेसीज स्मारिका विमोचन लगायत कार्यक्रम गरी पद हस्तान्तरण गरिएको हो । सन् २०२१ का […]
भद्रपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले मानिस पदले नभएर योगदान र कर्मशीलताले ठूलो हुने बताएका छन् । भद्रपुर जेसीजको ४६ औं पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रहेका खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै समाज रूपानतरणमा पदले नभएर कार्यशैली र निरन्तरको योगदानले ठूलो बनाउने बताएका हुन् । पूर्व कानुन मन्त्री समेत रहेका […]
कमल । बर्तमान सरकारले गरेको मुल्यवृद्धि,असंवैधानिक अभिव्याक्ति र निर्वाचन नगर्ने चलखेल विरुद्ध आज राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले झापाको कमल गाउँपालिकामा सरकारको विरोधमा मोटरसाईकल र्याली गरेका छन् । कमल गाउँपालिकाको पश्चिम सिमाना रतुवा खोला देखी पुर्वमा कमल खोला सम्म मोटरसाईकल र्यालि पनि केर्खा बजारमा कोणसभा गरेका थिए । कोण सभालाई सम्वोधन गर्दै अनेरास्ववियु झापा जिल्ला […]
शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले कार्यसमितिका सदस्यहरुलाई एक दिवशीय प्रि इन्डक्सन लोम अफिसर ट्रेनिङ दिएको छ । सतासीधाम जेसीजले निर्माण गरेको सामुदायिक जेसीज कभर्ड हलका उक्त ट्रेनिङ दिएको हो । जेसीज के हो ? जेसीजका पदाधिकारीहरुले आफ्नो कार्यक्षेत्र, जिम्मेवारबोध र कार्यसम्पादन सम्बन्धि सिकाईका लागि पदाधिकारीहरुलाई ट्रेनिङ दिएको जेसीजका वर्तमान अध्यक्ष अर्जुन भट्टराईले बताए । […]