कमल । पालञ्जली योग समिति नेपाल, दमक नगर समिति र लायन्स क्लब अफ दमक एक्टिभले आज विभिन्न कार्यक्रम गरेर ७ औं राष्ट्रिय योग दिवश २०७८ मनाएको छ । नेपाल सरकारले हरेक वर्ष माघ १ गतेका दिन राष्ट्रिय योग दिवश मनाउन थालेको यो सातौ वर्ष भयो । “सवाङ्गीण विकासका लागी योग” भन्ने नाराका साथ मनाईएको योग […]
बिर्तामोड । नेकपा एमाले झापाको गएराति गरिएको निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला पार्टी कार्यालय विर्तामोडमा अहिले अपरान्ह ५ बजेपछि मत गणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ । पहिलो चरणमा खुल्ला बाहेकको मतपत्रबाट मत गणना भइरहेको जनाइएको छ । कमिटीका अनुसार ९१५ जना प्रतिनिधिमध्ये ७३६ जनाले मतदान गरेका छन् । एमाले झापाको १०औं […]
विर्तामोड । चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदूर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना हुने स्थानमा होडिङ्ग बोड राखिएको समिति अध्यक्ष मदन बुढाथोकीले बताए । शनिबार बिर्तामोड ३ स्थित बिर्ता बजार प्रहरी चौकी परिसरमा […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा नेतृत्वका लागि मतदान शुरु भएको छ । विर्तामोडको हिमाला पाटी प्यालेसमा साझ ५ः३० बजेदेखी मतदान सुरु भएको हो । मतदान रात्री ११ बजेसम्म हुने निर्वाचन कमिटीले जनाएको छ । एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटीमा यश अघि नै १२० जना सर्बसम्म्त भैसकेका छन् । बाँकी […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ […]
बिर्तामोड । झापा बिर्तामोडमा वरिष्ठ लोक गायक सुरेश गन्धर्वलाई सम्मान गरिएको छ । सोही अवसरमा बिर्तामोडस्थित बालमिकी बिद्यालयको कक्षा २ अध्ययनरत ७ बर्षिया रोहिता तिम्सिनाले लोक गायक गन्धर्वको गीत गाएकी छिन् । बाल गायिका रोहिताले ‘रिङ्की बुङ्गको राँगालाई’ बोलको लोक गायक गन्धर्वको गीतलाई गाएर सवैलाई मनोरञ्जन दिलाएकी थिइन् । बालगायिका रोहिताले लोक गायक गन्धर्वको रिङ्की […]
कमल । कमल गाउँपालिकाको दशौं गाउँसभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । गाउँपालिकाले दशौं गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरकोे छ । यसरी पुरस्कृत हुने कर्मचारीमा उत्कृष्ट कर्मचारी तर्फ कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरालाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ । त्यसैगरी कर्मचारी पुरस्कार तर्फ प्रशासन शाखाका तुलसी […]
विराटनगर । प्रेस चौतारी मोरङका अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । आज सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरीलाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा हरिहर नेपाल, […]
विराटनगर ।प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ । ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश […]
कनकाई । झापाको कनकाई नगरपालिका १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रा.लिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्यन्न सामाग्री सहयोग गरेको छ । शारीरिक रुपमा अशक्त एवं सुस्त मनस्थिति भएका १२ जना बालबालिकाहरुलाई बिहीबार २५ हजार रुपैयाँ मूल्य बराबरको चामल,दाल,तेल, चिनी,चना मटर लगायतका खाद्यन्न सामाग्री सहयोग स्वरुप वितरण गरेको अपार फाउण्डेसनकी अध्यक्ष […]