Sajhamanch Archive

दशनामी समाजका ज्येष्ठ सदस्य गिरीको निधन

Published: (Updated: ) in समाज by . Leave a Comment on दशनामी समाजका ज्येष्ठ सदस्य गिरीको निधन.

चारपाने । समाजिक ब्यक्तित्व नेपाल दशनामी समाजका जेष्ठ सदस्य बिर्तामोड नगरपालिका–२ स्थित चारपानेका अम्बरबहादुर गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित गिरीको आज राति १ बजे आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो । स्व. गिरीका श्रीमती मधुमाया गिरी, छोरा एकराज गिरी र हेमराज गिरी (राजु), ५ जना छोरी, नाती नातिनी रहेका छन् […]

अपराधजन्य घटना न्यूनिकरणका लागि प्राथमिकताका साथ काम गर्ने प्रजिअ रिजालको प्रतिबद्धता

Published: in विविधा, समाज by . Leave a Comment on अपराधजन्य घटना न्यूनिकरणका लागि प्राथमिकताका साथ काम गर्ने प्रजिअ रिजालको प्रतिबद्धता.

भद्रपुर । भर्खरै झापा प्रशासनको नेतृत्व सम्हालन आइपुगेका प्रमुख जिल्ला अधिकारी छवि रिजालले झापा प्रशासनलाई शुव्यवस्थित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो कार्य कक्षमा झापाका पत्रकारसित भेटघाट गर्दै प्रजिअ रिजालले जिल्लामा संघीय सरकारको मुख्य प्रतिनिधिका रूपमा रहने प्रमुख जिल्ला अधिकारी पदको गरिमा अनुसार नागरिक प्रशासनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने बताएका हुन् । उनले […]

क्यान्सर पीडित विरामी बचाउन नेविसंघको अपील

Published: in विविधा, समाज by . Leave a Comment on क्यान्सर पीडित विरामी बचाउन नेविसंघको अपील.

भद्रपुर । कचनकवल ७ का क्यान्सर रोगबाट पीडित २२ वर्षे मनोज सापकोटा, कचनकवल २ की सामवती राजवंशी र कचन कवल १ का झारू राजवंशी बचाउन नेपाल विद्यार्थी संघ कचनकवल गाउँ समितिले सहयोगको अपील गरेको छ । संघका जिल्ला सचिव नारायण नेपाल तथा कचनकवल अध्यक्ष सागर राजवंशीको नेतृत्व टोलीले ३ जना विरामीको घरमा पुगेर पोषिलो खानाका […]

प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश […]

शिवसताक्षी ६ का स्वयमसेविका महिलाहरुलाई न्यानो कपडा

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी ६ का स्वयमसेविका महिलाहरुलाई न्यानो कपडा.

शिवसताक्षी । शिवसताक्षी ६ का स्वयमसेविका महिलाहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले स्वयमसेवीका तीन महिलाहरुलाई न्यानो कपडा ज्योकट, जत्ता वितरण गरेका हुन् । न्यानो कपडा पाउने स्वयमसेविका गायत्रा मैनाली, कमला गुरागाईँ र देवी चौहान रहेका छन् । उनीहरु तीनै जना शिवगञ्ज स्वास्थ्य केन्द्रमा कार्यरत […]

पञ्चकन्या खानेपानीमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on पञ्चकन्या खानेपानीमा नयाँ कार्य समिति चयन.

शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित पञ्कन्या खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ कार्य समिति चयन भएको छ । खानेपानीको नवौ वार्षिक साधारण सभा तथा अधिवेशनबाट पुनः रमेश खरेल अध्यक्षमा चयन भएका छन् । जसको उपाध्यक्षमा गणेश लिम्बु, सचिव विद्यानाथ अधिकारी, सह सचिव गापीप्रसाद खतिवडा, कोषाध्यक्ष उमा थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा विमला राया, […]

एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक.

काठमाडौं । नेकपा एमालेले नेपाली भूमिमा भारतले एकपक्षीय रुपमा सडक विस्तारलाई तीव्रता दिएको भन्दै विरोध गरेको छ । सो पार्टीका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको उल्लेख गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भू(भागका रहेको […]

प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, संखुवासभा र उदयपुरमा १–१ र […]

सानिमा बैकं दमकले खुद्रा पैसा बचत गर्न नमानेको सेवाग्राहीको गुनासो , बैकं भन्छ : त्यो पैसा सर्टिङ गरिएको थिएन

Published: (Updated: ) in अर्थतन्त्र, विविधा, समाज by . Leave a Comment on सानिमा बैकं दमकले खुद्रा पैसा बचत गर्न नमानेको सेवाग्राहीको गुनासो , बैकं भन्छ : त्यो पैसा सर्टिङ गरिएको थिएन.

कमल । सानिमा बैक दमक शाखामा रकम बचत गर्न जाँदा बैकले रकम बचत गर्नै नमानेको सेवाग्राहीले आरोप लगाएका छन् । झापाको कमल गाउँपालिकामा निर्माण हुँदै गरेको भृकटी अस्पतालका लेखापालले पाटी भुक्तानीका लागी बैकमा रकम गर्न जाँदा बैकंकले रकम लिन नमानेको बताए । अस्पतालको भौतिक निर्माण भैरहेको र त्यसकालागी सामान सप्लाई गर्ने कम्पनीको खातामा नगद जम्मा […]

कोरोना संक्रमण जोखिमको कारण माईमेला स्तगित

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कोरोना संक्रमण जोखिमको कारण माईमेला स्तगित.

शिवसताक्षी । झापाको कनकाई माईमा लाग्दै आएको मकर संक्रान्ति (माई ) मेला यस वर्ष नलाग्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि शिवसताक्षी नगरपालिकाले माई मेला स्तगित गरेको हो । नेपाल सरकार सिसिएमसीको मिति २०७८ पौष २५ गतेको बैठकको सिफारिस बमोजिम कनकाई धार्मिक माई मेला स्तगित गरिएको शिवतसाक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिका […]