Sajhamanch Archive

विर्तामोड नगरपालिकाबाट बिदाइ भए प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिकाबाट बिदाइ भए प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना.

विर्तामोड । बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल सहित ३ जना कर्मचारीको विदाई गरेको छ । नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमकावीच बिर्तामोडबाट पाँचथरको फिदिम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,सेवा निवृत्त भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत सिनियर अनमि रितादेवी दाहाललाई सम्मान सहित विदाइ गरिएको हो । […]

शिवसताक्षी वडा नं. ६ का ३ सय किसानलाई स्प्रे ट्यांकी वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ६ का ३ सय किसानलाई स्प्रे ट्यांकी वितरण.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ६ किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । किसानको जीवन स्तर बृद्धि गर्न वडाले स्प्रे ट्यांकी वितरण गरेको हो । वडाका ३ सय किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले वडाबाट विनियोजित २ लाख बजेटले किसानका तरकारी बालीहरुमा प्रयोग हुने […]

प्रदेश १ मा ११३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा […]

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ […]

सताक्षीधाममा सुन्रसाथहरुको ‘प्रेमभोज’

Published: in समाज by . Leave a Comment on सताक्षीधाममा सुन्रसाथहरुको ‘प्रेमभोज’.

सताक्षीधाम । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल झापा र श्रीकृष्ण प्रणामी बाइजूराज महिला समिति झापाले शनिबार झापाको धार्मिकस्थल सताक्षीधाममा बृहत रुपमा ‘श्रीकृष्ण प्रेमभोज’ आयोजना गरेका छन् । बाइजूराज महिला समिति झापाकी अध्यक्ष मीरा अधिकारी ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोपिधाम धरानका गाधीपति जगतनन्दन महाराजज्यूको आशिरबचन तथा विशिष्ट अतिथिको रुपमा गौलोक गोवद्र्धनधामका संरक्षक आचार्य श्री […]

प्रथम बहुउद्देश्यीय सहकारीको साधारणसभा धनुषकोटीमा

Published: in विविधा, सहकारी by . Leave a Comment on प्रथम बहुउद्देश्यीय सहकारीको साधारणसभा धनुषकोटीमा.

धनुषकोटी । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो नवौं वार्षिक साधारणसभा झापाको पर्यटकीयस्थल धनुषकोटीमा शनिबार सम्पन्न गरेको छ । ‘सहकारीः गरिबी निवारणको प्रमुख आधार, प्रथमसँगै समृद्धि’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको साधारणसभाको उद्घाटन झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले गरेका थिए […]

भूमिहीन किसानको समस्याप्रति वेवस्ता गरेको भन्दै शिवसताक्षीका ६ दलले बुझाए नगरपालिकमा ज्ञापन पत्र

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on भूमिहीन किसानको समस्याप्रति वेवस्ता गरेको भन्दै शिवसताक्षीका ६ दलले बुझाए नगरपालिकमा ज्ञापन पत्र.

शिवसताक्षी। भूमिहीन र सुकुम्बासीहरुको समस्या समाधानका लागि शिवसताक्षीका ६ वटा राजनीतिक दलले विज्ञप्ती जारी गरी नगरपालिकामा बुझाएका छन् । भूमिहीन एवं सुकुम्बासीको समस्या समाधानका लागि शिवसताक्षी नगरपालिकालाई नमूना पालिकाको रुपमा चयन गर्दै नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले सम्झौताका लागि बोलाउँदा शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा नगएर समस्या समाधानमा बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्ती मार्फत नगरपालिकामा […]

एमालको आगामीे केन्द्रीय कमिटीको बैठक झापाको वाटर किङ्डम पार्कमा

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on एमालको आगामीे केन्द्रीय कमिटीको बैठक झापाको वाटर किङ्डम पार्कमा.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको वाटर कङ्डम पार्कको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज एक भव्य कार्यक्रमका बीच शिवसताक्षी न.पा. ८, भिलझिले स्थित वाटर किङ्डम पार्कको उद्घाटन गरेका हुुन् । उनले उद्घाटनका क्रममा बोल्दै पर्यटकको प्रचुर सम्भावना बोकेको शिवसताक्षी क्षेत्रमा निजी स्तरबाट ५० औं करोडका लगानीमा वाटर किङ्डम […]

शिबसताक्षीका कुखुरा पालक किसानलाई एक दिने कार्यशाला गोष्टी

Published: in विविधा, समाज by . Leave a Comment on शिबसताक्षीका कुखुरा पालक किसानलाई एक दिने कार्यशाला गोष्टी.

शिबसताक्षी । झापाको शिबसताक्षीका कुखुरा पालक किसानहरुलाई भेट्र्स एण्ड पोल्ट्री सप्लायर्सले शनिबार एक दिने कार्यशाला गोष्टी गराएको छ । स्टार फिड्स ए्न्डस्ट्रिज प्रालिको प्रायोजनमा आयोजना भएको कार्याशला गोष्टीमा शिबसताक्षी नगरका ४० जना किसानहरुको सहभगिता रहेको थियो । पछिल्लो समय कुखुरा पालन ब्यबसाय बिभिन्न कारणले गर्दा खस्किदो अवस्थामा रहेकोले कसरी धेरै भन्दा धेरै मुनाफा आर्जन गर्न […]

राजगढ पोलिक्लिनिकमा एक सय २४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on राजगढ पोलिक्लिनिकमा एक सय २४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण.

झापा । झापाको बाह्रदशी – ३ स्थित राजगढमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजना र ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा एक सय २४ जनाले निःशुल्क स्वास्थ्य जाँच गराउँदै औषधि समेत लिएका छन् । शिविरमा सुगर,प्रेसर,ग्याष्ट्रिक,दम,थाईराईड,र हाडजोर्नी तथा […]