Sajhamanch Archive

सतासीधाम जेसीजको जेसीज सप्ताह सुरु, विपन्न तीन विद्यार्थीको अभिावकत्व ग्रहण

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजको जेसीज सप्ताह सुरु, विपन्न तीन विद्यार्थीको अभिावकत्व ग्रहण.

शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजको जेसीज सप्ताह आजबाट सुरु भएको छ । जेसीजले सप्ताह कार्यक्रमको उद्घाटन गर्दै दुई सामुदायिक विद्यालयका ३ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको हो । जेसीजले शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ का पल्टन मुर्मु र कक्षा ४ की सीता मुर्मुको वर्ष २०२१÷०२२ को शैक्षिक […]

कानून व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on कानून व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा.

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् । आज (आइतबार) सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले दंगा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा माग गरेका हुन् । प्रहरीले सर्वोच्च परिसरमा प्रदर्शन रोक्न खोजेको थियो । त्यसपछि वकिलहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरे । डिउटीमा खटिएका […]

क्रियापुत्रीले पनि गरे प्रदेश अधिवेशन प्रतिनिधिकालागि मतदान

Published: (Updated: ) in विविधा by . Leave a Comment on क्रियापुत्रीले पनि गरे प्रदेश अधिवेशन प्रतिनिधिकालागि मतदान.

शिवसताक्षी । नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचनमा क्रियापुत्रीले पनि मतदान गरेका छन् । झापा क्षेत्र नं. ४ (क) को मतदान स्थल शिवसताक्षीको दूधेमा क्रियापुत्रीले मतदान गरेका हुन् । स्व.आमा दमयन्ती अधिकारीको दशगात्र कार्यमा रहेका नेपाली कांग्रेस शिवतसाक्षी ११ का वडासभापति पिताम्बर अधिकारीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुन्न मतदान गरेको सहायक […]

नेकपा माओवादी केन्द्रको वडा अधिवेशनः शिवसताक्षीका ११ वटै वडामा को–को चुनिए ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेकपा माओवादी केन्द्रको वडा अधिवेशनः शिवसताक्षीका ११ वटै वडामा को–को चुनिए ?.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम वडा अधिवेशनबाट शिवसताक्षीका ११ वटै वडामा कार्यसमिति चयन भएको छ । अधिवेशनबाट नगरका सबै वडाहरुमा २९ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएको हो । नेकपा माओवादी केन्द्रको शिवसताक्षी नगरपालिका वडा नं. १ को अध्यक्षमा नेत्र नेम्वाङ्ग चयन भएका छन् । जसको उपाध्यक्षमा कुबेरधन रिजाल , सचिब पुर्ण लकान्ध्री […]

सहकारी अभियान्ता खड्का सम्मानित

Published: (Updated: ) in विविधा, समाज, सहकारी by . Leave a Comment on सहकारी अभियान्ता खड्का सम्मानित.

दमक । सहकारी अभियन्ता चन्द्रा खड्का भट्टराईलाई नेपाल बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघले ३० औं बार्षिक साधारणसभाको अवसर पारेर खड्कालाइ र्का सम्मान गरिएको हो । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघकी पुर्व सञ्चालक समेत रहेकी खड्कालाई शुक्रबार राजधानी काठमाण्डौमा आयोजित संघको साधारणसभामा सम्मान […]

कमल गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने.

कमल । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामि २०७८ साल मंसिर १४ गते देखी १६ गते सम्म झापा जिल्ला का १५ पालिका बिच भलिवल प्रतियोगिता हुने भएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख तथा प्रतियोगिता मुल आयोजक समितीका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिए । प्रतियोगिता कमल गाउँपालिका […]

कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्तीकोष वापतको २ करोड रुपैया वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्तीकोष वापतको २ करोड रुपैया वितरण.

कमल । कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्ती कोषको वापतको रकम वितरण गरेको छ । गाउँपालिकामा रहेर पशुलान गर्दै आएका कृषकलाई व्यवसाय प्रवद्र्धन घुम्ती कोषको वापतको रकम बाट १ लाख ७० हजार देखि २ लाख रुपैया सम्म प्रदान गरीएको छ । कृषकले सो रकम आफुले इच्छाएको सहकारी मार्फत लिन सकिने गरी व्यवस्था गरिएको गाउँपालिकाकी अध्यक्ष मेनुका […]

रुपन्देही कांग्रेसको मत गणनास्थलमा झडप, उम्मेद्वारसहित पाँच जना घाइते

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on रुपन्देही कांग्रेसको मत गणनास्थलमा झडप, उम्मेद्वारसहित पाँच जना घाइते.

रुपन्देही । नेपाली कांग्रेसको अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ९क० मा मतगणना क्रममा विवाद हुँदा झडप भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । प्रदेश सभा ३ ९क० को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले […]

नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ (क) को उपसभापतिमा राजवंशी र सुब्बा (ख) को सभापतिमा सिटौला निर्वाचित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ (क) को उपसभापतिमा राजवंशी र सुब्बा (ख) को सभापतिमा सिटौला निर्वाचित.

शिवसताक्षी । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र ४ (क) र (ख) को निर्वाचन परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसको ४ नम्बर क्षेत्र प्रदेश (क) को उपसभापति पदमा गोपाल चन्द्र राजबंशी र विष्णु वहादुर सुब्बा निर्वाचित भएका छन् । राजबंशीले २४९ मत पाएका थिए भने सुब्बाले २०० मत पाएर विजयी भए । […]

बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु

Published: in विविधा, समाज by . Leave a Comment on बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु.

झापा । बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु भएको छ । बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाको आयोजनामा शुक्रवारदेखि कुकुर वन्ध्याकरण शिविर सुरु भएको हो । नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित गरीएको शिविरको नगरप्रमुख ध्रुर्वकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्तरुपमा व्यानर तानेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले सामुदायिक […]