Sajhamanch Archive

आफ्नो जन्म दिनमा तुम्बापोद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Published: (Updated: ) in समाज by . Leave a Comment on आफ्नो जन्म दिनमा तुम्बापोद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ निवासी बीर प्रसाद तुम्बापोले जन्म दिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । मंगलबार समाजसेवी वीर प्रसाद तुम्बापोले आफ्नो जन्म दिनको अवसर पारेर सतासी प्राथमिक विद्यालयका ३५ जना विद्यार्थीहरुलाई कापी, प्यान्सिल र मिठाई वितरण गरेर जन्म दिन मनाएका छन् । तुम्बापोले विद्यालय विदा परेपछि विद्यार्थी र शिक्षकलाई विद्यालय […]

मैत्रीपूर्ण खेलमा कनकाई नगरपालिकालाई हराउँदै शिवसताक्षी विजयी

Published: in खेलकुद by . Leave a Comment on मैत्रीपूर्ण खेलमा कनकाई नगरपालिकालाई हराउँदै शिवसताक्षी विजयी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका स्थित दुधे रंगाशालामा भएको मैत्रीपूर्ण खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । कनकाई नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो । खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन भने दोस्रो हाफ शिवसताक्षी नगरपालिकाका तर्फबाट महेश लामिछाने र सचिन श्रेष्ठले एक –एक गोल गरेपछि २–० गोल अन्तर बनाउँदै […]

सन्तोषको ह्याट्रिकसँगै तरहरा भेट्रानले चुम्यो कर्णबहादुर स्मृति कपको उपाधि

Published: in खेलकुद by . Leave a Comment on सन्तोषको ह्याट्रिकसँगै तरहरा भेट्रानले चुम्यो कर्णबहादुर स्मृति कपको उपाधि.

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचालेको छ । आयोजक दुधे भेट्रान क्बललाई फराकिलो गोल अन्तरले तरहरा भेट्रान क्लब विजेता भएको हो । तरहरा भेट्रानले ४–१ गोल अन्तरले हराउँदै तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको च्यापियन बनेको हो । खेलको पहिलो हाफको १९ औ मिनेटमा तरहरा भेट्रानको तर्फबाट […]

रिटर्नी फेडेरेसन शिवसताक्षीको अध्यक्षमा भण्डारी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रिटर्नी फेडेरेसन शिवसताक्षीको अध्यक्षमा भण्डारी.

शिवसताक्षी । रिटर्नी फेडेरेसन शिवसताक्षीको अध्यक्षमा जितेन भण्डारी सर्वसम्मत चयन भएका छन् । आज शिवसताक्षीको दूधेमा भएको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तैगरी उपाध्यक्षमा गंगा तामाङ्ग, सचिवमा पारस आचार्य, सह सचिवमा काजिमान राई, कोषाध्यक्षमा अञ्जु सुवेदी सर्वसम्मत चयन भएको रिटर्नी फेडेरेसन शिवसताक्षीले जनाएको छ । त्यस्तै सदस्यहरुमा विष्णुलाल बन्जरा, रविन चापागाई., मणी […]

शिवसताक्षीमा नेकपा एमालेको मिसन ग्रास रुट अभियान सञ्चालन

Published: in राजनीति, समाज by . Leave a Comment on शिवसताक्षीमा नेकपा एमालेको मिसन ग्रास रुट अभियान सञ्चालन.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा नेकपा एमाले नगर कमिटीको आयोजनामा ग्रास रुट अभियान अन्तर्गत एक दिवशीय अभिमुखीकरण कार्यक्रम गरिएको छ। अभिमुखी कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष मेगाहाङ्ग थोप्राले पार्टीको भातृ संगठन र तल्लो स्तरका कार्यकर्ताहरुसँग माथिल्लो तहका नेता तथा कार्यकताहरुलाई जोडी संगठन चुस्त र दर्विलो संगठनका लागि विकास गर्न ग्रास रुढको अभियान सञ्चालन गरेको […]

कर्णबहादुर स्मृति भेट्रान कपः फाइनल खेल, तरहरा र आयोजक दूधे भेट्रान क्लब बीच हुने

Published: in खेलकुद by . Leave a Comment on कर्णबहादुर स्मृति भेट्रान कपः फाइनल खेल, तरहरा र आयोजक दूधे भेट्रान क्लब बीच हुने.

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको तरहरा भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमी फाइलन खेलमा सुरुङ्गा भेट्रान क्लब सुरुङ्गालाई २–० गोल अन्तर हराउँदै तरहरा भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल तरहरा भट्रान क्लब सुनसरी र आयोजक भेट्रान क्लब बीच हुने पक्का भएको छ । […]

शिवसताक्षी उद्योग वाणिज्य संघद्वारा बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज दर विरुद्ध विरोध प्रदर्शन

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी उद्योग वाणिज्य संघद्वारा बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज दर विरुद्ध विरोध प्रदर्शन.

शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेको भन्दै त्यसको विरोध गरेको छ । आज शिवसताक्षी नगरका बैंकहरुमा विरोध प्रदर्शन गर्दै १४ सूत्रिय माग सहित ज्ञापन पत्र बुझाएको छ । बैंकले ऋण दिदा सम्झौता गरेको व्याज बढाइदिदा व्यापारीहरुको ऋण झन् बढ्न जाँदा थेग्न नसक्ने भएपछि उद्योग बाणिज्य संघ बाध्य भएर […]

शिवसताक्षी नगरका ६ वटा वडामा स्वस्थ जीवन शैली सम्बन्धी अभिमुखीकरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी नगरका ६ वटा वडामा स्वस्थ जीवन शैली सम्बन्धी अभिमुखीकरण.

शिवसताक्षी । शिवसताक्षीमा रहेको दुधे आयुर्बेद औषधालयको आयोजनामा संयमित जीवनशैली उचित आहार, विहार, योगासन, ध्यान, प्राणायाम सम्बन्धी अभिमुखिकरण आज समापन गरेको छ । फागुन ०४ गते शिवसताक्षी न.पा. ११ स्थित दुधे आर्युेवेदको कार्यालयबाट सुरु गरिएको अभिमुखीकरण आज वडा नं. २ मा समापन गरिएको हो । जीवन शैली परिवर्तनको माध्यमबाट आरोग्य, आत्मविश्वास र बौद्धिक मनोबल वृद्धि […]

राष्ट्रका लागि योगदान झापा शाखाद्वारा वाटर किङ्डममा तीन दिवशीय प्राथमिक स्वास्थ्य उपचार तालिम सुरु

Published: in विविधा, समाज by . Leave a Comment on राष्ट्रका लागि योगदान झापा शाखाद्वारा वाटर किङ्डममा तीन दिवशीय प्राथमिक स्वास्थ्य उपचार तालिम सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित वाटरकिङडम पार्कमा राष्ट्रका लागि योगदान झापा शाखाले तीन दिवशीय निशुल्क प्राथमिक उपचार तालिमको सुरुवात गरेको छ । मानवीय जीवनमा अर्पे समस्या र त्यसको प्राथमिक उपचार विधीको विषयमा केन्द्रित ३ दिवशीय प्राथमिक उचार तालिमको आज उद्घाटन गरेको हो । कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घान गरेका हुन् । उद्घाटनका […]

तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः आयोजक दूधे भेट्रान क्लब फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः आयोजक दूधे भेट्रान क्लब फाइनलमा.

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपमा आज भएको खेलमा आयोजक दूधे भेट्रान क्लबले फाइनलको यात्रा तय गरेको छ। हाम्रो धरान भेट्रान क्लब धरानलाई २–० गोल अन्तरले हराउँदै आयोजक दुधे भेट्रान क्बले फाइनलको यात्रा तय गरेको हो । खेलको ४ मिनटमा जर्सी नं. ९ का भिष्म खरेल (विनोद)ले १ गोल गर्दै टिमलाई […]