काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज बुधबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर […]
झापा। झापाका कानुन व्यवसायी गजेन्द्र आचार्य प्रदेश १ सरकारको मुख्य न्यायाधीवक्तामा नियुक्त भएका छन् । वरिष्ठ अधिवक्ता आचार्यलाई प्रदेश सरकारले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो । लामो समयदेखि वकालती पेशामा रहेका आचार्य नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष पनि छन् । एमाले निकट कानुन व्यवसायी आचार्य मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधीवक्ता नियुक्त भएका हुन् ।मंगलवार […]
काठमाडौं । संघीय संसद भवन अगाडि हिजो मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिए । शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यका शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न […]
कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए । अन्य […]
ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो । सीता एयरलाइन्सको उडान बन्द भएको करिब आठ महिनापछि पुनः उडान सुरु भएको हो । गत साताको बुधवारदेखि नै उडान सुरु गर्ने तयारी रहेको भए पनि सोमबारदेखि मात्र उडान सुरु भएको नेपाल नागरिक […]
धनगढी। धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज २ः४३ मा भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको हो। त्यसको असर धनगढीमा समेत परेको छ। विस्तुत विवरण आउन बाँकी छ।
काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हिउँ परेपछि यहाँका किसान निकै खुशी भएका छन्।हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो। हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ। जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिकांश ठाउँमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिकांश ठाउँमा […]
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएमका विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको छ । आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको हो । आइओएम सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । विद्यार्थीहरुले प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् । प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ […]
झापा । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो । टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट […]
कचनकवल । कचनकवलमा एउटै रुखमा झुण्डिएर एक पे्रमी प्रेमिकाले आत्म हत्या गरेका छन । एउटै रुखमा ३ किशोरी झुण्डिएर आत्महत्या गरेको केहि महिना नबित्दै झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार […]