Sajhamanch Archive

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ.

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट–पाइन्टमा […]

शिवसताक्षीको दूधेमा गजल प्रशिक्षण

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीको दूधेमा गजल प्रशिक्षण.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको सताक्षीधाम साहित्य संगमले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिएको छ । सताक्षीधाम साहित्य संगमको आयोजना शिवसताक्षी निजी तथा सामुदायिक विद्यालयका ७५ जना विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिएको हो । साहित्य प्रति रुचि भएकालाई गजल लेखन क्षमता अभिबृद्धि गर्ने उदेश्यले गजल लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सताक्षीधाम साहित्य संगमका […]

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, भोलि शपथ

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, भोलि शपथ.

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज (आइतबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्ड नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति […]

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की चयन

Published: in राजनीति by . Leave a Comment on एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की चयन.

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन भएका छन् । आज आइतबार बसेको एमाले संसदीय दलको बैठकले तिलकुमार म्याङ्बो प्रस्ताव र रेवती रमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरेको हो । तिल कुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए ।

गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सबै गुमायो

Published: in राजनीति by . Leave a Comment on गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सबै गुमायो.

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्दा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्नुपर्ने निश्चित भएको छ । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको हो । आइतबार बिहानसम्म कांग्रेस सत्ता […]

बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति.

काठमाडौँ । नेकपा एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान […]

खुद्रा साकोसको अध्यक्षमा बजगाईँ निर्वाचित

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on खुद्रा साकोसको अध्यक्षमा बजगाईँ निर्वाचित.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । बजगाईँ ४८४ ले मत प्राप्त गरेका छन् भने, अर्का अध्यक्ष पदका उम्मेद्वार छविलाल पाठकले मत २२० प्राप्त गरेका छन् । सदस्यहरुमा अग्नीप्रसाद दुलाल ५६९ […]

सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन आग्रह.

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरी समेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता […]

मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू

Published: in विविधा, समाज by . Leave a Comment on मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू गरेको छ । नेपालको पूर्वी प्रवेशद्वार संगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । शनिबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा […]

आयुर्वेद स्वास्थ्यकर्मी समाज झापामा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on आयुर्वेद स्वास्थ्यकर्मी समाज झापामा नयाँ कार्य समिति चयन.

शिवसताक्षी । आयुर्वेद स्वास्थ्यकर्मी समाज झापाको छैटौ अधिवेशनबाट अध्यक्षमा गोपाल सुवेदी निर्वाचत भएका छन् । अध्यक्षमा सर्वसम्मत नभएपछि चुनाव गरिएको आयुर्वेद स्वास्थ्यकर्मी समाजले जनाएको छ । अधिवेशनमा उपाध्यक्षमा राजन भट्टराई, सचिव दिपेश राजवंशी, कोषाध्यक्ष रन्जना देवी रिजाल सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा मनकुमार राजवंशी, भावना राई धिरज राई सर्वसम्मत चयन भएको दुधे आयुर्वेद औषधालयका […]