मोरङ्ग ।बैंकको चर्को ब्याजदरविरूद्ध विराटनगरका उद्योगी व्यवयासीले आन्दोलन घोषणा गरेका छन् । ब्याजदरका कारण उद्योग व्यावसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि यहाँका उद्योगी […]
कमल । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकलाई काममा लगाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकामा सुचिकृत भएका कामदारहरु मध्ये पहिलो पटक ५ जना श्रमिकलाई काममा खटाईएको गाउँपालिकाले जनाएको छ । पहिलो पटक गाउँपालिकाको कम्पाउण्ड वाल मर्मतकालागी कामदारलाई काममा खटाईएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकामा ६ सय २८ जना श्रमिक […]
शिवसताक्षी । नेकपा एमाले, शिवसताक्षी १ वडा कमिटीले लामो समयदेखि नसाको बिमारबाट थला परेका सन्तवीर माझीलाई आज सहयोग गरेको छ । नेकपा एमाले शिवसताक्षी वडा नं.१वडा कमिटीद्वारा संकलित रु. २७ हजार ६ सय ५ रुपैया माझीलाई सहयोग हस्तान्तरण गरेको हो। ढल्कन्दै गएको उमेरसँगै विकासे शरीरका जुहिनाहरु कमजोर बन्दै जानू स्वभाविकै हो ।उमेर र बैँस छदाँ […]
बिर्तामोड । हात्तीको आक्रमणबाट दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय देउराली चारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो । अपरान्ह निस्किएको हात्तीले आक्रमण गर्न थालेपछि अरु दुई जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । कचनकवल गाउपालिका वडा नं.१ स्थित रहेको पश्चिम देउराली चारकोशे सामुदायिक […]
विराटनगर । प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ । ‘शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त […]
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र […]
भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ। नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक श्री देवीभक्त श्रेष्ठको मुख्य आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांगीतिक क्षेत्रका शिखर व्यक्तित्वहरु शान्ति ठटाल, […]
बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आजबाट सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ […]
कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । गोली लागेर न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले संयक्त रुपमा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका हुन् । विद्यालयमा स्थानीय प्रसाई परिवारले स्थापना गरेको धर्म बछला अक्षयकोषबाट उक्त कपडा […]