शिवसताक्षी । झापा शिवसताक्षी न.पा. १० को केएनके स्पोर्टिङ्ग क्लबको खेलमैदानमा छैटौ वडा स्तरीय भेट्रान प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा माइधाम बचत तथा ऋण सहकारी संस्था विजयी भएको छ । गैडे सामुदायिक वन उपभोक्ता समूहलाई २ – १ गोल अन्तरले हराउँदै माइधाम बचत तथा ऋण सहकारी संस्था विजयी भएको हो । […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा विहीबार नगरभित्रको मंगलबारे र पाराबारी बजार अनुगमन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ को मंगलबारे र वडा नंं ३ को पाराबारी बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाराबारीको एक पसल बाहेक अरु कुनै पसलमा मूल्य सूची नराखिएको पाइएको अनुगमन टोलीले जनाएको छ । विशेष गरी किराना तथा होटलहरु […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका बजार अनुगमन गर्न सुरु गरेको छ । आज बुधबार नगरको शिवगञ्ज र जनता बजारमा छड्के अनुगमन गरेको हो । अनुगमनको क्रममा शिवगञ्ज अधिकांश किराना, मासु पसल तथा होटलहरुमा मूल्य सूची नराखिएको पाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। शिवगञ्ज बजारको एक होटलमा बेकरी खाद्य सामग्री सडेको अवस्थामा भेटिएको शिवसताक्षी नगरका राजश्व […]
काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए। आयोगले गत भदौ १३ […]
काठमाडौं । नेपालमा डेङ्गु संक्रमणबाट मुत्यु हुनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० को पछिल्लो विवरणअनुसार हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो। यो संख्या नेपालमा डेङ्गु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ […]
सल्यान । सल्यानमा जीप दुर्घटनामा परी ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका ६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका(६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप […]
बिर्तामोड । विर्तामोड नगरपालिकाले भारतबाट आयात गरिएको मरेका माछा नष्ट गरिएको छ । मंगलवार विहान बिर्तामोडस्थित अञ्जलि हस्पिटल नजिकैबाट माछासहित पिकअप नियन्त्रणमा लिई माछा नष्ट गरेको हो । नियन्त्रणमा लिइएको माछा आवश्यक प्रक्रिया पुरा गरेर नष्ट गरिएको विर्तामोड नगरपालिकाले जनाएको छ । बिर्तामोड नगर प्रहरीले मरेका माछासहितको प्रदेश –१–०१–००१ च ७४०८ को पिकप भेन र […]
काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज र शानदार जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन(एकले हरायो । नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे । योसँगै अञ्जन […]
शिवसताक्षी । माता नवदुर्गा कृषि सहकारी संस्था लि। शिवसताक्षी –२ मंगलबारको ११ औं बार्षिक साधारण सभा विविध कार्यक्रम गरि सोमबार सम्पन्न गरेको छ। संस्थाले हालसम्म ८ करोड ६७ लाख ८१हजार २ सय १५रुपैयाँ ९१ पैसाको वासलात रहेको र २२लाख १९ हजार १सय १८ रुपैयाँ २९पैसा खुद नाफा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । साधारण सभामा […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ४३ लाख ८५ हजार बढी नाफा कमाएको छ । संस्थाले आज (सोमबार) १६ औं वार्षिक साधारण सभा गर्दै आ.व. २०७८÷०७९ मा ४३ खाल ८५ हजार ६५२ रुपैया नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको हो । संस्थाले शेयर रकममा १ करोड ९७ लाख ४० हजार १०० […]