Sajhamanch Archive

प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए.

बिर्तामोड । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं। १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् । झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडीले सहभागिता जनाएकोमा प्रदेश नं। १ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनौट भएको प्रदेश […]

सभामुख र उपसभामुखविरूद्ध सर्वोच्चमा रिट दर्ता

Published: (Updated: ) in मुख्य समाचार by . Leave a Comment on सभामुख र उपसभामुखविरूद्ध सर्वोच्चमा रिट दर्ता.

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् । प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म मात्र […]

आदिवासी जनजाति महासंघ झापाका नव निर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on आदिवासी जनजाति महासंघ झापाका नव निर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण.

शिवसताक्षी । नेपाल आदिबासी जनजाति महासंघले नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई शिवसताक्षीको दूधेमा पदभार ग्रहण गरेका छन् । नेपाल जनजाति महासंघ झापाको ७ औं अघिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराइएको हो । कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले प्रमाण पत्र प्रदान गरेका थिए । प्रमाणपत्र बितरणका क्रममा […]

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु.

काठमाण्डौ । कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा […]

काठमाडौंको कपनमा आगलागी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on काठमाडौंको कपनमा आगलागी.

काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो । कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको […]

विपन्न समुदायका वालवालिकाको सारथी बन्यो रोटरी क्लव सुरुङ्गा

Published: in विविधा, समाज by . Leave a Comment on विपन्न समुदायका वालवालिकाको सारथी बन्यो रोटरी क्लव सुरुङ्गा.

कनकाई । रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका वालवालिकाहरु भएको कनकाई नगरको एक विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । साक्षरता अभियानलाई सफल वनाउँने कार्यमा क्रियाशिल रहँदै मानवीय सेवामा समर्पित रहेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संंस्था रोटरी क्लवले कनकाई नगरपालिका २ स्थित पञ्चकन्या प्राविमा अध्ययनरत वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर […]

नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिँदै.

काठमाण्डौ । नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टिबीच प्रमाणीकरणका लागि संसद्ले दोस्रो पटक पारित गरेर पठाएको विधेयक आज मङ्गलवार राति १२ बजेसम्ममा प्रमाणीकरण भइसक्नुपर्छ । यदि राति १२ बजेसम्ममा पनि विधेयक प्रमाणीकरण नभएमा विधेयक कार्यान्वयनमा जाने छैन । राष्ट्रपति भण्डारीले गरिरहनुभएको राजनीतिक परामर्शलाई लिएर प्रमाणीकरण […]

शिवसताक्षीमा नकाउट फुटबल प्रतियोगिताः उद्घाटन खेलमा वडा नं. ८ विजयी

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा नकाउट फुटबल प्रतियोगिताः उद्घाटन खेलमा वडा नं. ८ विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । शिवसताक्षीको वडा नं. ९ स्थित मिलनचौक उत्तरको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ८ विजयी भएको हो । वडा नं. २ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो । विजयी भएसँगै वडा नं. ८ सेमी […]

धरानमा गहना लुट्न वृद्धाको हत्या, २ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धरानमा गहना लुट्न वृद्धाको हत्या, २ जना पक्राउ.

काठमाडौं । धरानकी ६४ वर्षकी पूर्णसरी राईको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलेको छ । प्रहरीले उनको हत्यामा संलग्नको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेका १८ वर्षका निखिल भन्ने नकुल राईलाई पक्राउ गरेको छ । उनले लुटेका सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षका रञ्जितकुमार साहलाई पक्राउ गरेको सुनसरीका प्रहरी […]

दुधे–माइधार सडक खण्डमा दुर्घटना, घटना स्थलमै दुईको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on दुधे–माइधार सडक खण्डमा दुर्घटना, घटना स्थलमै दुईको मृत्यु.

शिवसताक्षी । झापाको शिवसताक्षी १० स्थित सैनिक चौकमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा स्थित दुधे – माइधर खण्डमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना सक्त घाइते भएका छन् । मृत्यु हुनेमा कार लाचक सप्तरी घर भएका वर्ष ४४ का बलराम यादव र सुनसरी […]