झापा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताको झाापामा खेलाइने खेलहरुमध्ये शनिबार तेक्वान्दो र खो–खो शुरु भएको छ । झापाको विर्तामोडस्थित सिटी सेन्टरमा तेक्वान्दो र भद्रपुरको भद्रपुर माविको मैदानमा खो–खो खेल शनिबारदेखि शुरु भएको जिल्ला खेलकुद विकास समिति झापाकासदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । विर्तामोडमा शुरु भएको तेक्वान्दो […]
बिर्तामोड । विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो टेम्पो हाउस बिर्तामोड–५ ले बिर्तामोड–५का वडाध्यक्षसहित सात जना टेम्पो चालकलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं , टेम्पो चालकहरु वेदप्रकाश पाठक, नारायणप्रसाद न्यौपाने, ओम भारती, प्रकाश लावती, उज्जवल विष्ट, कमलराज गोले र उत्कृष्ट कर्मचारी नाहिद मिया रहेका छन् । टेम्पो चालकहरुलाई सवारी नियमको पालना […]
झापा । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबार देखि शिविर सुरु गरीएको हो । शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गरेकी हुन् । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा सुरु गरीएको यो शिबिर असोज ६ गतेसम्म सञ्चालन हुने छ । […]
काठमाडौ । प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति […]
शिवसताक्षी । गोर्खाली हर्ट नेपालले यहि असोज १५ गते प्रथम एतिहासिक अधिबेशन गर्ने भएको छ । बिगत ५ बर्ष देखि बिशुद्ध सामाजिक कार्यमा समर्पित रहेर बिभिन्न सेवामुलक काम गर्दै आएको यस संस्थाले असोज १५गते शिवसताक्षीको दुधेमा प्रथम अधिबेशन गर्न लागेको आज सम्मेलनको आयोजना जानकारी गरएको हो । यस संस्थाले गएको भदौ ६ गते जिल्ला प्रशासन […]
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले आ.व. २०७९÷०७९ मा १६ लाख ८६ हजार ५३६ खुद नाफा कमाएको छ । सतासी महिला मौरीपालन सहकारी संस्थाले १६औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनका क्रममा संस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा संस्थाका व्यवस्थापक देवीकुमारी ओलीले मौरीपालन संस्थाको स्थापना कालदेखि विभिन्न अप्ठ्याराहरु पार […]
बिर्तामोड । मेगा वैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई बचत, लगानी र कर्जा लगायत विभिन्न बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा वैंक नेपाल बिर्तामोड शाखाले वित्तीय साक्षरता प्रदान गरेको मेगा वैंक […]
काठमाडौ । निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गरेको छ । आयोगका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्ने दायित्व भएका उम्मेदवारहरूमध्ये सो बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार ९५८ […]
काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । […]
काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । […]