काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सिट नपाए गठबन्धनबाट बाहिरिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सिट र पहाड तथा सहरमा समेत गरी २५ सिटको माग गरेका छन् । यादवले बुधबार वीरगञ्जको एउटा कार्यक्रममा पनि सम्मानजनक सीट बाँडफाँट नभए […]
काठमाडौं । राणाशासनको अन्त्यपछि २०१५ सालमा नेपालले पहिलो पटक संसदीय चुनावको अभ्यास गर्यो । यही चुनावमार्फत दलहरूले पहिलो पटक घोषणापत्र सार्वजनिक गरे । त्यस अगाडि २००४ र २०१० सालमा स्थानीय तहको चुनाव भए पनि ती चुनावमा घोषणापत्रको प्रयोग गरिएको थिएन । चुनावी इतिहासका जानकार डिल्लीराम मिश्र भन्छन्, ‘२००४ र २०१० सालमा भएका चुनावमा पर्चा, पम्प्लेट […]
बिर्तामोड । झापा प्रहरीले मोवाइल र सुनका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर १० का २२ वर्षीय रितिक कुमार शर्मा र वडा नं. ७ का रोशन राजवंशी रहेका छन् । भद्रपुर नगरपालिका वडा नं। ७ स्थित विशम टोलमा रहेको राजेन्द्र गिरीको घरबाट उनीहरुले मोवाइल र गरगहना चोरी गरेको […]
शिवसताक्षी । शिवसताक्षीमा विपत जोखिम व्यवथापन स्थानीयकरण निर्देशिका सम्बन्धी दुई दिवशिय तालिमको आज समापन गरिएको छ । संघीय मामिला सामान्य प्रसाशन मन्त्रालयको आयोजनामा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिलाई दिइएकोे तालिमको आज समापन गरिएको हो । तालिममा दैविक विपत र विकास गर्ने क्रममा विकासले निम्त्याएको विनासको विषयमालाई कसरी न्यूकिरण गर्न सकिन्छ भन्ने विषय उठान गरिएको थियो । विकास […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को […]
विराटनगर । मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये प्रदेश नं १ बेनाम हुँदै प्रदेशसभा अन्त्य भएको छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र यसलाई स्वाभाविक […]
काठमाडौ । केन्याविरुद्धको पाँच खेलको टी २० र तीन एक दिवसीय क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । बुधबार बिहान क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ ९क्यान०का पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्। टोलीका अन्य सदस्य फर्किएपनि कप्तान सन्दीप लामिछाने भने फर्किएका छैनन्। लामिछाने यसअघि नै केन्याबाट क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट […]
काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले भुटानलाई शानदार रुपमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ४–० गोलले विजयी भएको हो । नेपालका लागि सावित्रा भण्डारीले १२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । सावित्रा ६३ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । त्यस्तै अनिता बस्नेतले ७२ […]
काठमाडौं । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिंदो चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक […]
झापा । झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् । जिल्लामा […]