Sajhamanch Archive

अरिंगालले टोक्दा घाइते युवकको मृत्यु

Published: in समाज by . Leave a Comment on अरिंगालले टोक्दा घाइते युवकको मृत्यु.

तनहुँ । तनहुँमा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका(५ छाङपाटनका ३१ वर्षीय टोप बहादुर कुमालको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी […]

इँटा बोकेको ट्रक त्रिशुली नदीमा खस्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on इँटा बोकेको ट्रक त्रिशुली नदीमा खस्यो.

काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको […]

डिकमान पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार सम्मानित

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on डिकमान पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार सम्मानित.

झापा । झापामा शुक्रबार तीन पत्रकारलाई सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले तीन जना पत्रकारलाई सम्मान गरेको हो । फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघालाई सम्मान गरेको छ । डिकमान […]

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमलमा बद्रीराम राई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमलमा बद्रीराम राई.

कमल  । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिकाका दोस्रो अधिवेशनले आगामी तिन वर्ष कार्यकालकालागी बदी राम राईलाई अध्यक्षमा चयन गरेको छ । उनलाई किराँत राई यायोख्खाको तर्फ बाट अध्यक्षमा प्रस्ताव गरिएको थियो । त्यसैगरी परिषद्को उपाध्यक्षमा ताजपुरीया समाज कल्याण परिषद्का तर्फ बाट तिर्थ कुमार ताजपुरिया ,नेपाल शेर्पा संघका तर्फ बाट अमृता लामा (शेर्पा),सुनावार […]

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कमल गाउँ कमिटी चयन

Published: in समाज by . Leave a Comment on लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कमल गाउँ कमिटी चयन.

कमल । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कमल गाउँपालिकाको प्रथम अधिवेशनले आगामी तीन वर्षे कार्यकालकालागी नविन राईलाई अध्यक्षमा चयन गरेको छ । कमल गाउँपालिका वडा नम्व ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न अविवेशनले महासंघको उपाध्यक्षमा विर बहादुर चेम्जुङ्ग र गंगा राई सचिवमा शान्ति थापा मगर सह सचिवमा वसन्त थापा मगर र रत्नमाया धिमाल […]

भद्रपुरमा सामुहिक रुपमा जनै पूर्णिमा मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on भद्रपुरमा सामुहिक रुपमा जनै पूर्णिमा मनाइयो.

भद्रपुर । भद्रपुर नगर क्षेत्रका क्षेत्री व्रामण समुदायका पुरूषहरूले जनै पूर्णिमा अन्र्तगत सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरेका छन् । भृकुटी युवा क्लबको आयोजनामा भद्रपुर ९ स्थित हडिया निन्दा घाटमा सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरिएको हो । भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]

दुर्घटना न्यूनिकरणका लागि संकेत चिन्ह बोर्ड राखियो

Published: in समाज by . Leave a Comment on दुर्घटना न्यूनिकरणका लागि संकेत चिन्ह बोर्ड राखियो.

विर्तामोड । ट्राफिक संकेत चिह्न सडक यात्रुको सुरक्षासँग सम्बन्धित विषय हो । यी प्रमुख रूपमा सूचनामूलक, निर्देशनात्मक र निषेधात्मक हुन्छन् । सूचनात्मक चिह्नले सवारी चालकलाई अगाडिको ठाउँ आदिबारेमा जानकारी दिन्छ । हर्न बजाउन, युर्टन गर्न, पार्किङ गर्न निषेध गर्ने संकेत आदि निषेधात्मक चिह्न हुन् । तर सडकमा यस्ता चिन्ह नहुंदा दुर्घटनाको जोखिम बढिरहेको भन्दै झापाको […]

आज जनैपूर्णिमा अर्थात् ‘रक्षा बन्धन’

Published: in समाज by . Leave a Comment on आज जनैपूर्णिमा अर्थात् ‘रक्षा बन्धन’.

काठमाडौं । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धन पर्व। द्विजातिहरूले नयाँ जनै लगाएर र हातमा रक्षाबन्धन गरी मनाउँदैछन्। बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। वैदिक धर्मावलम्बीहरूले अध्ययन अध्यापन सुरु गर्ने दिन अर्थात् उपाकर्म पर्व पनि यसै दिन मनाउँछन्। शुक्रबार […]

साउदी अरबमा ९३ नेपालीलाई ‘एक्जिट भिसा’, ६० दिनभित्र देश छाडनु पर्ने

Published: in विश्व समाचार by . Leave a Comment on साउदी अरबमा ९३ नेपालीलाई ‘एक्जिट भिसा’, ६० दिनभित्र देश छाडनु पर्ने.

साउदी अरब । खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्रप्त गरेका हुन । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय […]

गाउँ नै शोकमा डुब्यो, कनकाई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on गाउँ नै शोकमा डुब्यो, कनकाई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको कनकाई माइको नहरमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ आइतबारेका दुई बालिका बिहीबार साँझ पौडी खेल्न क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाृे । मत्यु हुनेमा स्थानीय १२ वर्षीय सिकुन् राई र ११ वर्षीया एन्जिला सुन्दास रहेका छन् । मृतक राई माईधार स्थित […]