Sajhamanch Archive

जग्गा वर्गीकरण नहुन्जेल कर वृद्धि नगर्ने विर्तामोड नगरपालिकाको निर्णय

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जग्गा वर्गीकरण नहुन्जेल कर वृद्धि नगर्ने विर्तामोड नगरपालिकाको निर्णय.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यसअघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिनाभित्र वर्गीकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नुपर्ने भएकाले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि […]

बालाजु बाइसधारामा आगलागी

Published: in विविधा, समाज by . Leave a Comment on बालाजु बाइसधारामा आगलागी.

काठमाडौं । बालाजु बाइसधारामा आगलागी भएको छ। वान वर्ल्ड फूट वेयरमा आगो लागेको प्रहरीले जनाएको छ। आगो नियन्त्रण लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब ४ सय जना खटिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले काठमाडौं, ललितपुर भक्तपुर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दमकल बोलाइएको थियो। अहिलेसम्म आगलागीको कारण […]

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस.

बेइजिङ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपा भाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा […]

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया शुरु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया शुरु.

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक ९दाबी विरोध समेत० को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ । उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई […]

एमाले झापाको द्वारा एमालेमा गोलबद्ध हुदैं, अलग भएकाहरुलाई घर फर्कन आह्वान

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on एमाले झापाको द्वारा एमालेमा गोलबद्ध हुदैं, अलग भएकाहरुलाई घर फर्कन आह्वान.

झापा । नेकपा एमालेले बामपन्थी परिर्वतनकारी न्यायप्रेमी जनसमुदायलाई पार्टीले उठाएको झण्डा मुनी गोलबद्ध आग्रह गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आग्रह गरेका हुन् । प्रेस विज्ञप्ति हाम्रो पार्टी नेकपा (एमाले) स्थापना काल देखिनै निरंकुशताको विरुद्ध संघर्षको नेतृत्व गर्दै […]

पूर्वाग्रहपूर्ण निर्णय अविलम्ब फिर्ता लिन पत्रकार महासंघ झापालाई प्रेस चौतारी झापाको माग

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on पूर्वाग्रहपूर्ण निर्णय अविलम्ब फिर्ता लिन पत्रकार महासंघ झापालाई प्रेस चौतारी झापाको माग.

झापा । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । पत्रकार भूमिराज पराजुली मािथ गरेको निर्णण अविलम्ब फिर्ता नलिए प्रेस चौतारी महासंघ विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रेस चौतारी झापाका सदस्य एवम् माइपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको सदस्यता निलम्बन गर्न प्रदेशलाई सिफारिस गरेको निर्णय […]

फोनिजले तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै

Published: in विविधा, समाज by . Leave a Comment on फोनिजले तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै.

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले पूर्वअध्यक्षहरुलाई अभिनन्दन गर्ने भएको छ । फोनिजको संगाठानिक जीवनमा अतुलनिय योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष र दुई पूर्वअध्यक्षलाई अभिनन्दन गर्न लागेको हो । फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पुर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई २३औँ स्थापना दिवसको आवसरमा अभिनन्दन गर्ने निर्णय गरेको महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा जनाइएको […]

झापा उद्योग वाणिज्य संघद्वारा शान्ति–सुरक्षा माग्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र

Published: in विविधा, समाज by . Leave a Comment on झापा उद्योग वाणिज्य संघद्वारा शान्ति–सुरक्षा माग्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र.

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरमा बढ्दै गएको चोरीका घटनाबाट आजित बनेका उद्योगी–व्यवसायीले आवश्यक सुरक्ष व्यवस्थापनको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । संघका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा आज नगरपालिका पुगेको उद्योगी–व्यवसायकिो टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ– ‘झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक […]

मोरङ्गको सुन्दरहरैंचामा कन्टेनरभित्र पुरुषको शव फेला

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on मोरङ्गको सुन्दरहरैंचामा कन्टेनरभित्र पुरुषको शव फेला.

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५÷५० वर्षीय पुरुषको शव फेला परेको हो । चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय […]

दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द

Published: in समाज by . Leave a Comment on दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द.

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका(१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका हुन् । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस […]