Sajhamanch Archive

असोज २३ गते उम्मेदवारी दर्ता

Published: in विविधा, समाज by . Leave a Comment on असोज २३ गते उम्मेदवारी दर्ता.

काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक […]

बर्डफ्लू प्रभावित किसानले अब क्षतिको ७५ प्रतिशत रकम पाउने

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on बर्डफ्लू प्रभावित किसानले अब क्षतिको ७५ प्रतिशत रकम पाउने.

काठमाडौ । बर्डफ्लू प्रभावित किसानलाई राहत उपलब्ध गराउने बाटो खुलेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिनेसम्बन्धी मापदण्ड–०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो । बर्डफ्लू नियन्त्रणका क्रममा सरकारले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्री नष्ट गर्ने […]

चन्द्र नहरको बाध भत्कियो, दर्जनौं घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

Published: in विविधा, समाज by . Leave a Comment on चन्द्र नहरको बाध भत्कियो, दर्जनौं घर डुबानमा, सयौं बिघा धानबाली नष्ट.

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका(४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौं घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा […]

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीको सडक ४ लेन बन्ने, सडकमा अन्डर पास र आकाशे पुल बनाउन स्थानीयको सुझाब

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीको सडक ४ लेन बन्ने, सडकमा अन्डर पास र आकाशे पुल बनाउन स्थानीयको सुझाब.

शिवसताक्षी । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको एक सय २० किलोमिटर सडक ४ लेन बन्ने भएको । सडक नेपालको पूर्वीद्वार काँकरभिट्टादेखि लौकहीसम्म दुईबाट चार लेनको बनाइने भएको हो । जसका लागि सडकखण्डमा पर्ने साना ठूला संरचना हटाइने झापाको शिवसताक्षीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले जानकारी दिए । उनले सो सडकखण्डको वातावरणीय […]

शिवसताक्षीमा जंगली हात्तीले दुई घर भत्कायो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा जंगली हात्तीले दुई घर भत्कायो.

शिवसताक्षी । झापा शिवसताक्षीमा जंगली हात्तीले दुई ओटा घर भत्कादिएको छ । शिवसताक्षीको वडा नं. ११ दूधे उत्तरमा कर्णबहादुर गुरुङ्ग र श्यामबहादुर चौहानको गएराति हात्तीले घर भत्कादिएको हो । हात्तीले घरको बेरा भत्काएर धान खाएको पीडित कर्णबहादुर गुरुङ्गले जानकारी दिए । राती करिब ११ः३० बजे घरको बेरा तानेपछि आफुले थाहा पाएको उनले बताए । म […]

काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको स्तरोन्नती हुने

Published: in विविधा, समाज by . Leave a Comment on काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको स्तरोन्नती हुने.

विर्तामोड । नेपाल सरकारको प्रस्तावित राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको एसियाली विकास बैँकले स्तरोन्नति गर्ने भएको छ । हालको २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने भएको हो । सडक एशियन हाइवे स्टेन्र्डडको हुने आज बिर्तामोड नगरपालिकाको हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको हो । आयोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन प्रतिवेदनका सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई […]

दुबै मृगौला खराव भएका वि.क. को उपचारमा सहयोगका लागी अपिल

Published: in समाज by . Leave a Comment on दुबै मृगौला खराव भएका वि.क. को उपचारमा सहयोगका लागी अपिल.

कमल । दुबै मृगौला खराव भएका वि.क. को उपचारमा सहयोगका लागी आफन्तले अपिल अनुरोध गरेका छन् । आर्थिक अवस्था अत्यन्तै खराव भएका दमक ७ निवासी २६ वर्षिय रामकुमार वि.क.को उपचारमा सहयोग गरिदिनका लागी आफन्तले अनुरोध गरेका हुन् । पत्रकार मञ्च दमकको सभाहलमा आज पत्रकार सम्मेलन गरि मृगौला खराव भएका वि.क.को आर्थिक अवस्था अत्यन्तै कमजोर भएका […]

गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने

Published: in राजनीति by . Leave a Comment on गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने.

काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ । तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही […]

लायन्स क्लब अफ शिवसताक्षीको पाँचौ पदहस्तान्तरण, अध्यक्ष संग्रौलाले लिए सपथ

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लायन्स क्लब अफ शिवसताक्षीको पाँचौ पदहस्तान्तरण, अध्यक्ष संग्रौलाले लिए सपथ.

शिवसताक्षी । शिवसताक्षी लायन्स क्बलले पाँचौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्डम पार्कमा एक कार्यक्रम गरी लायन्सले पाँचौ पद हस्तान्तरण सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन लायन्सका डिस्ट्रिक गभर्नर धिरज गरुङ्गले गरेका थिए । पद हस्तान्तरणमा शिवसताक्षी लायन्स क्लबका वर्ष २०२१ ÷०२२ अध्यक्ष चन्द्रप्रसाद खनाले वर्ष २०२२ ÷०२३ का […]

मंसिर ४ मा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

Published: in मुख्य समाचार by . Leave a Comment on मंसिर ४ मा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय.

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।