Sajhamanch Archive

कपडा खोज्दा ६१ केजी गाँजा भेटिएपछि…

Published: in विविधा, समाज by . Leave a Comment on कपडा खोज्दा ६१ केजी गाँजा भेटिएपछि….

विराटनगर । प्रहरीले विराटनगरबाट ६१ केजी गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका–१४ स्थित भित्री सडक–खण्डबाट प्रहरीले बुधबार दिउँसो गाँजा बरामद गरेको हो । ११ बजे को।२ ह ४६१० नम्बरको सिटीमा तीनवटा बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले सिटी र […]

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण.

काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा […]

साइकल खरिद प्रकरण: तत्कालीन प्रदेश सचिव भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on साइकल खरिद प्रकरण: तत्कालीन प्रदेश सचिव भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा.

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुमाथि विगो कैद र जरिवानाको माग दाबी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । विशेष अदालतमा अहिले […]

शिवसताक्षीमा नागरिकता विधेयक, मूल्य बृद्धि र भ्रष्टचार विरुद्ध विरोध प्रदर्शन

Published: (Updated: ) in समाज by . Leave a Comment on शिवसताक्षीमा नागरिकता विधेयक, मूल्य बृद्धि र भ्रष्टचार विरुद्ध विरोध प्रदर्शन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा पेट्रोलियम पदार्थ मूल्य बृद्धि, नागरिकता विधेयक र भ्रष्टचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी शिवसताक्षीकोे आयोजनामा झिलझिले बजारमा विरोध र्याली गरिएको हो । र्यालीमा गणतन्त्र मूर्दाबाद, राष्ट्रघाति सम्झौता खारिज गर, राजतन्त्र जिन्दाबाद, बढ्दो महँगी नियन्त्रण गर लेखिएका प्लेकार्ड बोकेका थिए । र्यालीले झिलझिले बजार परिक्रममा गरेको थियो ।

शिवसताक्षीमा कर शिक्षा, ७० बढी व्यवसायीको सहभागिता

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमा कर शिक्षा, ७० बढी व्यवसायीको सहभागिता.

शिवसताक्षी । झापाको शिवसताक्षीमा कर शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । शिवसताक्षी उद्योग वाणिज्य संघको आयोजनामा शिवसताक्षीका व्यवसायीहरुलाई कर शिक्षा कार्यक्रम गरिएको हो । नगरका व्यवसायीहरुलाई कर सम्बन्धि जिज्ञासाहरु समाधान गर्ने उद्देश्यले कार्यक्रम गरिएको शिवसतक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले जानकारी दिए । उनले कार्यक्रममा नगर भित्रका व्यवसायीहरुले समयमा कर तिर्न, कर आफ्ना लागि […]

कनकाई नदिमा बाढी आएपछि जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नदिमा बाढी आएपछि जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो.

शिवसताक्षी । शिवसताक्षी १० का नयाँ बस्तीमा नदि कटानबाट जोखिम एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिन देखि आएको अविरल वर्षाको कारण झापाको कनकाई नदिमा भएको बाढी कटानका कारण स्थानीय इन्द्रबहादुर कालीकोटेको ७ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । कनकाई नदि कटानले घरै बगाउने स्थिति भएपछि जोखिम परिवारलाई शिवसताक्षी १० कै पदम […]

पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु.

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका […]

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ.

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेको आरोप छ । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार अपराह्न अख्तियारले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ […]

संसद अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी.

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी गरेको छ। संसद्को चालू अधिवेशन अन्त्य गरेर चुनावको मिति तोकिन सक्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताइन्। थाहाखबरसँग कुरा गर्दै मन्त्री रेग्मीले महत्वपूर्ण विधेयकहरु पारित गरेर अधिवेशन अन्त्य गर्ने र चुनावको मिति तोकिन सक्ने बताइन्। बजेट अधिवेशन भएपनि संसद बैठकमा […]

८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा.

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। २ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा […]