काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । […]
काठमाडौ । नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गर्यो […]
शिवसताक्षी । शिवसताक्षीका पाँच वटा वडामा विपन्न परिवारलाई सुधारिएको चुलो वितरण्ण गरिएको छ । शिवसताक्षीको दुधे स्थित भूपू सैनिकको सभाहलमा एक कार्यक्रमका बीच पाँच वडाका १ सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरिएको हो । वडा नं. २, ८, ९, १० र ११ नं. वडाका विपन्न परिवारलाई सामुदायिक प्रहरी सेवा केन्द्र दूधेको संयोजनमा काठमाडौ स्थित […]
विर्तामोड । बिर्तामोडमा कौशी तरकारी खेती तालिम सम्पन्न भएको छ । वडा नम्बर १को कार्यालयमा सोमबार देखि आयोजना गरिएको २ दिने तालिम आज सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा महिला उद्यमी संघ नेपालले आयोजना गरेको तालिममा वडा नम्बर १का विभिन्न टोल विकास समितिहरुबाट ३० जनाले सहभागिता जनाएका थिए । सहभागिहरुलाई पट,बक्स […]
बिर्तामोड । राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ । आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरणको कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेषगरी स्थानीय सरकार र राजनीतिक दललाई समन्वय र सहयोगका लागि आग्रह गरेको हो । सोमबार बिर्तामोडमा संवाद […]
विर्तामोड । बिर्तामोडमा रहेका अधिकांस पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित रहेको पाइएको छ । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा मंगलबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । नगरपालिकाले बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग छेउका १० वटा पेट्रोल पम्पहरुमा अनुगमन गरेको हो । जसमा वडा नम्बर ६मा रहेको नविन ट्रेड कन्र्सन, सुगम आयल […]
काठमाडौं । नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्। २ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा […]
काठमाडौं । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए । सो प्रकरणको […]
शिवसताक्षी । झापाको धार्मिक क्षेत्र कनकाई कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी भएको छ । भक्तजनले चढाएको ४ वटा दानपेटी फोरेर नगद चोरी भएको हो । बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ । कोटीहोम क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र अझ […]
विर्तामोड । साहारा सतासी महिला मौरी मह उद्योगको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । साहरा साकोसको सभा हलमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष पवित्रा लिम्बुले देवी कुमारी ओली दाहाललाई पद हस्तान्तरण गराएकी हुन् । कार्यक्रममा उद्योगका पुर्व अध्यक्ष लिम्बुले प्रतिवेदन प्रस्तुत गरेका थिए भने वर्तमान अध्यक्ष दाहालले भावि योजना तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । […]