Sajhamanch Archive

गोपाल गौरी दिगो विकासद्वारा सञ्चारकर्मी तथा निवर्तमान जनप्रतिनिधिहरु सम्मानित

Published: (Updated: ) in विविधा by . Leave a Comment on गोपाल गौरी दिगो विकासद्वारा सञ्चारकर्मी तथा निवर्तमान जनप्रतिनिधिहरु सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको गोपाल गौरी दिगो विकास संस्थाले निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी शिवसताक्षीका निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो । संस्थाले शिवसताक्षीका निवर्तमान मेयर चन्द्रकुमार सेर्मा, उपमेयर भोजकुमारी नेपाल लगायत सम्पूर्ण निवर्तमान वडाध्यक्षहरुलाई कदर […]

पत्रकार मञ्च दमकमा देवानको अध्यक्षमा नयाँ कार्य समिति चयन

Published: in विविधा, समाज by . Leave a Comment on पत्रकार मञ्च दमकमा देवानको अध्यक्षमा नयाँ कार्य समिति चयन.

दमक । पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभाबाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न अधिवेशनबाट देवानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । नवनिर्वाचित उपाध्यक्षमा गीता ढुङ्गाना, सचिवमा उमानाथ भण्डारी, सह(सचिवमा धनबहादुर थेवे निवाहाङ […]

योगदान राष्ट्रको लागि सामाजिक संस्थाद्वारा रक्तदान, ८३ प्रिन्ट रगत संकलन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on योगदान राष्ट्रको लागि सामाजिक संस्थाद्वारा रक्तदान, ८३ प्रिन्ट रगत संकलन.

विर्तामोड । झापाको विर्तामोडमा योगदान राष्ट्रको लागि सामाजिक संस्थाले रक्तदान कार्यक्रम गरेको छ। जसबाट ८३ प्रिन्ट रगत संकलन भएको हो । झापाका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला कार्य समिति झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाले बताए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो । यसैबीच योगदान […]

आउँदो आवको बजेट निर्माणको पूर्व सध्यामा शिवसताक्षीका महिलाहरुको छलफल

Published: in विविधा, समाज by . Leave a Comment on आउँदो आवको बजेट निर्माणको पूर्व सध्यामा शिवसताक्षीका महिलाहरुको छलफल.

शिवसाक्षी । शिवसताक्षी नगरपालिकाको २०७९÷०८०को बजेट निर्माणको पूर्व संध्यामा नगरका महिलाहरुले छलफल चलाएका छन् । आउँदो आ।व।का लागि बजेट निर्माण गर्दै गर्दा शिवसताक्षीका महिलाहरु छलफलमा जुटेका हुन् । उनीहरुले महिलाहरुका समस्या, महिलाहरुलाई दीर्घकालिन रुपमा आय आर्जन हुने सीपहरु र विभिन्न योजनाहरुका विषयमा छलफल गरिएको छ । महिला हिंसा, घरेलु हिंसा सम्बन्धि कार्यक्रमहरु नगरमा सञ्चालन गर्नु […]

सतासीधाम जेसीजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको सतासीधाम जेसीजले शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान गरेको छ । आज सतासीधाम जेसीजको कभर्डहलमा एक कार्यक्रम गरी शिवसताक्षीका नवनिर्वाचित नगरप्रमुख मेगाहाङ्ग थोप्रा रोशन, उपप्रमुख नरमाया कार्की र नगरका ११ वटै वडाका वडाध्यक्षहरुलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सतासीधाम जेसीजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका भित्रका विकास निर्माणका कामहरुलाई […]

पूर्व मन्त्री भट्टराईद्वारा विर्तामोडका नगरप्रमुख र उपप्रमुखलाई बधाई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on पूर्व मन्त्री भट्टराईद्वारा विर्तामोडका नगरप्रमुख र उपप्रमुखलाई बधाई.

झापा । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिएका छन् । शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । गभेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको […]

आयुर्वेदिक चिकित्सक पद्धतिमा नागरिकको आकर्षण बढ्दो, दूधे आयुर्वेदमा एकै दिन ३ सय बढीले सेवा लिए

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on आयुर्वेदिक चिकित्सक पद्धतिमा नागरिकको आकर्षण बढ्दो, दूधे आयुर्वेदमा एकै दिन ३ सय बढीले सेवा लिए.

शिवसताक्षी । पछिल्लो समय मानिसहरुको आयुर्वेदिक चिकित्सा पद्धतिप्रति आकर्षिक हुन थालेका छन् । विभिन्न दीर्घरोगी विरामीहरु अन्य उपचारमा भन्दा भरपर्दो उपचार भन्दै आयुर्वेदिक औषालयहरु धाउनेको संख्या बढ्न थालेको छ । झापा शिवसताक्षीको दूधे आयुर्वेदमा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको संख्या हुवात्तै बढेको छ । दूधे आयुर्वेदमा आज एकैदिन ३ सय ५० बढीले उपचार […]

संगम फुटबल क्लब फाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on संगम फुटबल क्लब फाइनलमा प्रवेश.

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा संगम फुटबल क्लब प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा क्लासिक वारियर्सलाई १ –० गोल अन्तरले पराजित गर्दै संगम फाइनल प्रवेश गरेको हो । योसंगै उसले नगद ३० हजार समेत सुरक्षित गरेको छ । अत्यन्तै रोमाञ्चक बनेको […]

बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु.

झापा । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १को किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गरेका हुन् । वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र वसाईसराईको निस्सा वितरण गरीएको थियो । चन्द्रप्रसाद ढकाल र […]

जापान सरकारको सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन पछि हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on जापान सरकारको सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन पछि हस्तान्तरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ मा जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन सहित विद्यालयलाई हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनको प्रमुख अतिथिद्वय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा […]