झापा । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराइएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथग्रहण गराउनु भएको हो । कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा यमुना देवी आचार्य,तिला गौतम,निर्मलादेवि सुनार,लक्षिमा खतिवडा,संगीता सिवा,सिता ढुङ्गाना वि.क,शर्मिला राजवंशी र जगतवन्धु राजवंशी रहनु भएको […]
कमल । अध्यक्ष हुकुम सिंह राईले नव निर्वाचित गाउँ कार्यपालिकाका सदस्यलाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानियतह सदस्य निर्वाचनबाट निर्वाचित महिला सदस्यहरु मध्येबाट केसरा नेपाली बर्देवा, चन्द्रकला सुब्बा,गंगादेबी राई र मनमाया सिटौला त्यस्तै दलित वा अलपसङ्ख्यकहरु मध्ये बाट सोभितनारायण राजवंशी र ज्ञान बहादुर नेपालीलाई अध्यक्ष राईले […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त […]
भद्रपुर । सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीले चन्द्रगढी क्षेत्रमा बिग्रदो सडको अवस्था र बजार क्षेत्रमा जताभावी फालिने फोहोर व्यवस्थित गर्न खवरदारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षता तथा भद्रपुर वडा नम्वर १० का वडाध्यक्ष टेकबहादुर खड्का ( काजी) को प्रमुख आतिथ्यमा चन्द्रगढीमा सचेतना खवरदारी कार्यक्रम सम्पन्न गरेको हो । केन्द्रका सचिव […]
काठमाडौं । हिजो देखि हराइरहेको तारा एयर दुर्घटना भएको अवस्थामा फेला परेको छ । तारा एयरले आइतबारदेखि बेपत्ता जना १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ । तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९ […]
मेचीनगर। काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १(० गोल अन्तरले पराजित गर्दै संगमले लिगमा विजयी सुरूवात गरेको हो । संगमको तर्फबाट खेलको ५० औं मिनेटमा ओसविन मगरले गोल गरे । उनले गरेको गोल नै टिमको जितका लागि […]
शिवसतक्षी । सरकारले चर्को मूल्य बृद्धि गरेको भन्दै झापाको शिवसताक्षीमा राँके जुलुस निकालिएको छ । शिवसताक्षीको दूधेमा राप्रपा नगर समितिले पेट्रोलिम पदार्थको मूल्य बृद्धि विरुद्ध राँके जुलुस निकालेको हो । दुधेमा रहेको राप्रपाका पार्टी कार्यालयबाट निकालिएको राँके जुलुस दुधे बजारसम्म आइपुग्दा प्रहरीले हस्तक्षेप गरी राँका निभाएको थियो । जुलुस भने झिलझिले गएर कोण सभामा परिणत […]
काठमाडौँ । सरकारले मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । यसका साथै अब मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ । जसका लागि १० करोड रुपैयाँ बिनियोजन […]
काठमाडौं । सरकारले स्थानीय तहहरुलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिने भएको छ । आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थालाई पुनर्संरचना गर्ने उल्लेख छ । यसमा अब गाउँपालिकाले ५० लाख र नगरपालिकाले एक करोडसम्म लगानी गर्न सक्नेछन् । https://www.facebook.com/watch/live/?ref=external&v=1674513539569580
पोखरा । पोखराबाट जोमसोमका लागि उडेर हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको जानकारी दिए । उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको […]