Sajhamanch Archive

क्यान्सर पीडित प्रधानलाई नेकपा एमालेको सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on क्यान्सर पीडित प्रधानलाई नेकपा एमालेको सहयोग.

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेका क्यान्सर पीडित दुर्गा प्रधानलाई नेकपा एमाले शिवसताक्षीले सहयोग रकम हस्तान्तरण गरेको छ । आज शिवसताक्षीको दूधे नेकपा एमाले वडा कमिटी ११ को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटनमा क्यान्सर पीडित प्रधानलाई १६ हजार  ४ सय रकम हस्तान्तरण गरिएको हो । उक्त रकम नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले हस्तान्तरण […]

शिवसताक्षीमा नेकपा एमाले चुनावमा होमियो, चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा नेकपा एमाले चुनावमा होमियो, चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन.

शिवसताक्षी । स्थानीय तहको आसन्न निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षी ११ नं. वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको छ । वडा नं. ११मा नेकपा एमालेले वडा उम्मेद्वारहरु सर्वसम्मत चयन गरेसँगै वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार सानबहादुर राई एमालेमा प्रवेश गर्दै वडाले आज शिवसताक्षीको […]

पर्साका कांग्रेस नेताहरु भन्छन्, ‘हामी देउवाको रैती होइनौं, महानगर अरुलाई दिए बागी उठाउँछौं’

Published: in राजनीति by . Leave a Comment on पर्साका कांग्रेस नेताहरु भन्छन्, ‘हामी देउवाको रैती होइनौं, महानगर अरुलाई दिए बागी उठाउँछौं’.

पर्सा । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ । केन्द्रमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टी ९जसपा० लाई दिने सहमति गरेपछि कांग्रेस नेताहरुले केन्द्रको निणर्य स्वीकार्न नसक्ने घोषणा गरेका हुन् । बरु केन्द्रको घोषणाविरुद्ध विद्रोह गर्ने उनीहरुले चेतावनी दिएका छन् […]

प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, चालकले मानेनन् चलाउन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, चालकले मानेनन् चलाउन.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एकैसाथ २० वटा विद्युतीय सवारी किनेको छ । प्राधिकरणले ‘टाटा नेक्सन ईभी’ किनेपछि प्राधिकरणमा कार्यरत चालकहरु आफूलाई विद्युतीय गाडी चलाउने जिम्मेवारी नदिलाउन भन्दै आन्तरिक ‘लबिइङ’मा लागेका छन् । विद्युतीय सवारीमा तेलको सुविधा पनि नपाइने र मर्मत समभार शुल्क ज्यादै न्यून हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूले […]

युवासंघ र युथ फोर्सले आगलागी पीडितको घर बनाइदिँदै

Published: in विविधा, समाज by . Leave a Comment on युवासंघ र युथ फोर्सले आगलागी पीडितको घर बनाइदिँदै.

बुद्धशान्ति । आगलागीका कारण घर जले पछि विचल्लीमा परेको एक परिवारको घर युवा संघ र युथ फोर्स बुद्धशान्तिले निर्माण गरिरहेको छ । बुद्धशान्ति ५ पानीघट्टाका पेम्बा शेर्पाको घर आफूहरूले बनाइरहेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले बताएका छन् । युवासंघले घर निर्माणका लागि विभिन्न सामग्री जुटाएर घर निर्माण सम्पन्न गर्न लागेको उनको भनाई छ । […]

डिएसपी गिरीलाई केर्खामा स्वागत

Published: in विविधा, समाज by . Leave a Comment on डिएसपी गिरीलाई केर्खामा स्वागत.

कमल । ईलाका प्रहरी कार्यालय दमकमा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीलाई आज एक कार्यक्रमका बिच प्रहरी चौकी केर्खामा स्वागत तथा सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, पुर्व नवलपरासीबाट ईलाका प्रहरी कार्यालय दमकको प्रमुखमा एक हप्ता अगाडी सरुवा भई आएका डिएसपी गिरीलाई स्थानिय वासीले स्वागत गरेका हुन् । नेपाल प्रहरीले शान्ति […]

कमल गाउँपालिकाले हावाहुरीबाट भएको क्षतिको विवरण संकलन गर्ने

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाले हावाहुरीबाट भएको क्षतिको विवरण संकलन गर्ने.

कमल । झापाको कमल गाउँपालिकाले गत चैत २७ गते हावाहुरी सँगै आएको असिना पानीबाट भएको क्षतिको विवरण संकलन गरी राहत प्रदान गर्ने भएको छ । गाउँपाकिा स्तरिय विपद् व्यवस्थापन समितीको आज बसेको बैठकले हावाहुरी सँगै आएको असिना पानीबाट भएको क्षतिको विवरण संकलन गर्ने र प्राप्त विवरणको आधारमा घरवासमा समस्या भएका जनतालाई पहिलो प्राथमिकतामा राखेर राहात […]

पानीमा डुबेर शिवसताक्षीमा एक महिलाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on पानीमा डुबेर शिवसताक्षीमा एक महिलाको मृत्यु.

शिवसताक्षी । झापाको शिवसताक्षीमा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी ११ स्थित झरना खोलामा जम्मेको पानीमा डुबेर ५५ वर्षीय पञ्चमाया शंखरको मृत्यु भएको हो । झरना खोलाको बिचमा हरेको खाल्डोमा डुबेर मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । पञ्चमाया नानीलाई स्कुल पु¥याएर घर फर्किनेक्रममा खाल्डोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आन्दोलनमा सहयोग गर्ने सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on आन्दोलनमा सहयोग गर्ने सम्मानित.

भद्रपुर । नयाँ वर्ष २०७९ आगमनको पूर्व अवसर पारेर भद्रपुर स्थित बाल विकास शिक्षक संघर्ष समितिले आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने विभिन्न निकायलाई सम्मान गरेको छ । बाल विकास शिक्षकका अधिकार स्थापित गराउने क्रममा भएका विभिन्न आन्दोलनमा सहयोग गर्ने शिक्षक महासंघ लगायत विभिन्न संघ, संगठन र सञ्चारकर्मीलाई सम्मान गरेको हो । बाल शिक्षकका लागि […]

सन्दकपुर गोल्डकपः ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइलनमा

Published: (Updated: ) in खेलकुद, स्थानीय तह by . Leave a Comment on सन्दकपुर गोल्डकपः ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइलनमा.

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले विजयी सुरुवात गरेको छ । ज्यामिरगढी फुटबल क्लब मेचीनगरलाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो । विवेक चौधरी र विपिन चौधरी चुक्दा ज्यामिरगढीले सेमीफाइनलमा स्थान बनाउन असफल भएको हो । जनताका […]