Sajhamanch Archive

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on ‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान.

काठमाडौँ । लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाका दुई वडाका गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा.लालमणि अर्यालले बताए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण […]

कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त.

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो । अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । न्यूनतम योग्यता […]

बजेट संशोधन गर्न सत्तापक्षकै दबाब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेट संशोधन गर्न सत्तापक्षकै दबाब.

काठमाडौँ । सत्तारूढ दलका नेताहरूले सरकारलाई बजेट संशोधन गर्न दबाब दिएका छन् । जेठ १५ मा संसद्मा प्रस्तुत बजेटमाथिको छलफलमा सांसदले उठाएका विषयलाई बेवास्ता गरिरहेको सरकारलाई सत्तारूढ सांसदहरूले बजेट संशोधन गर्नै हुन्न भन्ने परम्परागत मान्यताबाट माथि उठ्न पनि आग्रह गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारले जस्तो विधेयक ल्यायो, त्यही पारित […]

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, हवाई तथा सडक यातायात सेवा प्रभावित हुनसक्ने

Published: in Weather, मिडियाबाट साभार by . Leave a Comment on पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, हवाई तथा सडक यातायात सेवा प्रभावित हुनसक्ने.

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, […]

एमाले सरकार बनाउन हतारिँदैन, मौका आए छोड्दैन : रघुजी पन्त

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमाले सरकार बनाउन हतारिँदैन, मौका आए छोड्दैन : रघुजी पन्त.

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन् । आइतबार संसद्बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले जनताको चाहना एमाले र नेपाली कांग्रेसको सरकार रहेको दाबी गरे । यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरूको अन्तरविरोधबाटै सरकार ढल्छ । अहिलको […]

काठमाडौंमा शहरी सौन्दर्यलाई प्राथमिकता, पूर्वाधार निर्माणमा एक तिहाइ बजेट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on काठमाडौंमा शहरी सौन्दर्यलाई प्राथमिकता, पूर्वाधार निर्माणमा एक तिहाइ बजेट.

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) ०८०र८१ को बजेटमा शहरी सान्दैर्यको पूर्वाधारलाई प्राथमिकता दिएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ठूलो रकम शहरी सौन्दर्यका पूर्वाधारमा छुट्याइएको हो । महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ […]

अख्तियारको टोली आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on अख्तियारको टोली आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर.

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ । जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली साढे ३ बजे मन्दिरमा आउने […]

फोहरमैला व्यवस्थापनका लागि काठमाडौँ महानगरले छुट्यायो सात करोड

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on फोहरमैला व्यवस्थापनका लागि काठमाडौँ महानगरले छुट्यायो सात करोड.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापनका लागि सात करोड विनियोजन गरेको छ। आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा सो रकम विनियोजन गरेको हो। कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड विनियोजन गरेको छ। महानगर स्वर्णिम […]

चार महिनायताको उच्च विन्दुमा नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on चार महिनायताको उच्च विन्दुमा नेप्से.

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै उच्च हो । फागुन २ गते नेप्से परिसूचक २१०५.४६ विन्दुमा बन्द भएको थियो । त्यसयताका दिनमा नेप्सेले उक्त विन्दु पार […]

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने.

काठमाडौँ । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । […]