दमक । दमकको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै नगदरहित कारोबार गर्न सकिने सुविधा प्रदान गरेको छ । संस्थाले मोवाइलबाटै कारोबार गर्न सकिने ( फोन पे सहित ) क्यूआर कोड निःशुल्क वितरण गरेर प्रविधिमैत्री नगदरहित कारोबारको सुविधा उपलब्ध गराएको हो । क्यूआर कोडमार्फत नेपालका सबै बैंक तथा वित्तिय संस्थाको मोवाइल […]
काठमाडौं । कोरोना महमामारी कोभिड १९ शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटेमा नेपालले सहभागिता जनाउने निश्चित भएको हो । मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा […]
काठमाडौं । मन्त्रिपरिषद्को स्वीकृति लिएर मात्र विकास साझेदारबाट अन्र्तराष्ट्रिय सहायता लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरिषदको बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्णय गरेको हो । सोही अनुसार सहायता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र, सहायताको प्रकार, सहायता भुक्तानी […]
झापा । ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेअनुसार नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको छ । १४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो । यसअघि सन् २०२० को सर्वेक्षणमा नेपाल ९२ औ […]
झापा । झापाको दमकमा हिजो शनिवार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका ८ का २३ वर्षीय नीरन बस्नेत र सोही ठाउँका २४ वर्षीय अनिष कोइराला रहेका छन् । पूर्वपश्चिम राजमार्गको दमक ४ को चियाबगान सडकखण्डमा प्रदेश -१- ०२ -००१ क १०८२ नम्बरको टिप्परले […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गर्नु अवैध भएको जनाएका छन् । शनिबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले उक्त निर्णय ओलीको ‘निरंकुश, स्वेच्छाचारी प्रवृत्तिको द्योतक’ भएको उल्लेख गर्दै निर्णयलाई अस्वीकार गरेका छन् । “प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षड्यन्त्र गर्ने केपी ओलीजीले […]
झापा । प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न सरकारले छुट्टै संयन्त्र बनाउने भएको छ । प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधारलगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । […]
काठमाडौं । सिड्नी र अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछी आएको बाढीले जनजीवन प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् । बिहीबारयता […]
काठमाण्डौ । इङ्ग्ल्याण्डविरुद्ध भारतले पाँचौं ट्वान्टी -ट्वान्टी सिरिज ३ -२ ले जितेको छ । गएराति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो । जितको लागि भारतका कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ […]
काठमाडौं । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । […]