काठमाण्डौ । म्यानमारमा सेनाको कूु को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ । म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि गरिएको छ । तर, प्रदर्शनमा ३८ जना मारिएको आशङ्का गरिएको छ । सुरक्षाफौजले प्रदर्शनकारीमाथि गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ […]
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको थप खोप निजी आयातकर्तामार्फत ल्याउने तयारी थालेको छ । औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजी आयातकर्तालाई आयायात अनुमति दिइने जनाएको हो । विभागका अनुसार निजी कम्पनीले कर लगायत सबै मूल्य विश्लेषण गरि बढीमा १० प्रतिशत मुनाफा राखी खोप ल्याउन पाउनेछन् । त्यसका लागि खोपको अन्तिम मूल्य, ढुवानी, सेवा […]
काठमाडौं । दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । घरेलु मैदान अहमदाबादमा गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो । इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १३ बद बाँकी छँदै भेट्टायो । भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । डेब्यु खेलाडी किशानले […]
काठमाडौं । यस वर्षको क्यान इन्फोटेक २०७८ वैशाख २८ गतेदेखि हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । मेला वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कोभिड महामारीका कारण यस वर्ष गत वर्षहरुमा भन्दा झन्डै ३ महिना ढिलो गरी मेला आयोजना […]
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक चैत ४ गतेका लागि बोलाइएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले चैत ४ गतेका लागि बैठक बोलाएका हुन् । चैत ४ गते दिउँसो १ बजे बैठकमा उपस्थित हुन म्यासेजमार्फत् जानकारी आएको एमाले प्रदेशसभा सदस्य सुशील थापाले बताए । ‘४ गतेका लागि दलको […]
शरीर मन्दिर हो आत्मानै ईश्वर शरीर शुद्ध मन पवित्र बनाई सत्कर्म गर्नु पर्दछ चित्त शुद्ध भएँ आत्मा पवित्र हुन्छ जहाँ ईश्वरको निवास हुन्छ कण कणमा नदिमा झरनामा छहरामा पहरामा तिमीलाई नै पाउँछु तिमी भित्रनै हराउँछु शरीर भगवानले दिएको सुन्दर उपहार हो आफ्नै शरीरप्रति अथाह प्रेम गर कृतज्ञ बन आभारी बन तिमी यो संसारमा खेल्न आयौं […]
PAKISTAN : Amid a third wave of the coronavirus that is gripping Pakistan’s largest province, Punjab, and the northern part of the country, Pakistani health and administrative authorities have imposed a partial lockdown in affected areas. Punjab authorities fined scores of marriage halls and restaurants for violating restrictions imposed again to fight the virus. Officials […]
जनकपुरधाम । सिरहाको बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनलाई नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए। उनको काठमाडौंको कुन अस्पतालमा उपचार गराउन लागेको भन्नेबारे नखुलेको डिएसपीले बताए। दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ। उनी धनगढीमाई […]
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय ६५ जना सांसदले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले सिभिल अस्पताल नयाँ बानेश्वरमा संघीय संसदका सांसद र कर्मचारीलाई कोरोना विरुद्धको खोप दिने कार्यक्रम राखेको थियो । आइतबारसम्म २ सय ६५ सांसद, स्वकीय सचिव, कर्मचारी गरी ११ सय १५ गरी […]
काठमाडौं। शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा आज खालीबारी युथ फुटबल क्लबले विजयी निकालेको छ । खालीबारीले झापा फुटबल क्लव युनाईटेडलाई २–१ ले हराएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा सम्पन्न खेलमा सरोज दर्जी कार्कीले ३२औं मिनेटमा गरेको गोलबाट झापाले अग्रता लिएको थियो। तर झापाको अग्रता धेरै बेर टिकेन। झापाले गोल गरेको लगत्तै अर्को […]