Sajhamanch Archive

पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद भएन : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद भएन : प्रधानमन्त्री ओली.

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतवार अमर्यादित गतिविधि भएको दाबी गरे । सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार […]

Thousands of women join Indian farmers’ protests against new laws

Published: in English by . Leave a Comment on Thousands of women join Indian farmers’ protests against new laws.

NEW DELHI;  Thousands of women joined protests by farmers on the outskirts of Delhi on Monday to mark International Women’s Day, demanding the scrapping of new laws that open up agriculture produce markets to private buyers. Since December, many farmers accompanied by their families have camped at three sites on the outskirts of the Indian […]

प्रहरी समायोजन प्रक्रिया अझै लम्बिने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी समायोजन प्रक्रिया अझै लम्बिने.

काठमाडौं । संसद विघटनको सरकारी निर्णयका कारण अनिश्चित बनेको प्रहरी समायोजन प्रक्रिया अझै लम्बिने भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाए पनि राजनीतिक अन्योलका कारण समायोजन लम्बिने देखिएको हो । समायोजनका लागि गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा एक समिति बनेको छ । यसअघि समितिले फागुनमा समायोजनका लागि दर्खास्त आह्वानको तयारी गरेको थियो […]

कांग्रेसमा उपसभापतिको तयारी गर्ने छैनन् कोही

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसमा उपसभापतिको तयारी गर्ने छैनन् कोही.

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा १२ जना अकांक्षी देखिएका छन् । तर, उपसभापतिमा भने अहिलेसम्म एक जनाले पनि उमेदवारी घोषणा भने गरेका छैनन् । विगतमा उपसभापति पद मनोनीत भएका कारण त्यो पदलाई पदाधिकारीको रुपमा आकांक्षी नदेखिने परम्परा थियो । विगतको विधानले सभापति, महामन्त्री र कोषाध्यक्षमात्र निर्वाचित हुने व्यवस्था गरेकाले सभापति र महामन्त्रीमा मात्र आकांक्षीहरु देखिने […]

निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने : वन मन्त्री आले

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने : वन मन्त्री आले.

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् । सोमबार पारिवारिक निजी वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा वनमन्त्री आलेले निजी वनसँग सम्बन्धित कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै निजी वन पैदावारको काठ कटान, ओसार पसार, विक्री वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत […]

काठमाडौंद्वारा आर्मीलाई १५६ रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on काठमाडौंद्वारा आर्मीलाई १५६ रनको लक्ष्य.

काठमाडौं । मेयर कप क्रिकेट अन्तर्गत काठमाडौं मेयर–११ ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर–११ ले ४२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५५ रन बनाएको हो । काठमाडौं मेयर–११ का लागि सन्दीप रजाइलीले ३७ रनको […]

सर्वोच्चको फैसलापछि प्रदेशमा मुख्यमन्त्री झन् शक्तिशाली

Published: in राजनीति by . Leave a Comment on सर्वोच्चको फैसलापछि प्रदेशमा मुख्यमन्त्री झन् शक्तिशाली.

विराटनगर । सर्वोच्च अदालतको फैसलापछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई शक्तिशाली बनेका छन् । नेकपा विभाजनपछि ओली समूहमा लागेका राई सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि शक्तिशाली बनेका हुन् । नेकपा विभाजनपछि मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । अल्पमतमा परेपछि मुख्यमन्त्री राई गत पुस १२ गते दर्ता भएको […]

Standing committee meeting of NCP’s erstwhile Dahal-Nepal faction postponed for 3PM today

Published: in English by . Leave a Comment on Standing committee meeting of NCP’s erstwhile Dahal-Nepal faction postponed for 3PM today.

KATHMANDU : A standing committee meeting of the erstwhile Dahal-Nepal faction of the Nepal Communist Party which was originally scheduled to be held at 11AM today has been postponed for 3PM this afternoon. According to Dev Gurung, a leader of the NCP’s erstwhile faction, the meeting has been delayed as they required more time to […]

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्ने; अध्यक्ष  दाहाल

Published: in राजनीति, समाज by . Leave a Comment on महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्ने; अध्यक्ष  दाहाल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिएका छन् । १११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको […]

प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक सर्‍यो

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक सर्‍यो.

काठमाडौं । साविक नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक सरेको छ । सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले जानकारी दिए। सर्वोच्च अदालतले आइतबार गरेको फैसलापछिको परिस्थितिबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राख्न लागिएको उनले बताए । नेता गुरुङका […]