काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकको पक्षबाट जवाफी बहस गरिरहेका अधिवक्ता दीनमणि पोख्रेललाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन् । जवाफमा पोख्रेलले यो नेकपाकै सरकार भएको बताए । त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्बाट बन्ने अवस्थाबारे […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार रिटनिवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ। यसअघि विपक्षी अर्थात् सरकारी पक्षबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदकतर्फका वकिलहरुले दिनेछन्। सर्वोच्च अदालतको संवैधानिक इजलाशमा गत माघ ४ गते बाट जारी सुनुवाइमा गत बिहीबार रिटमा निवेदक र विपक्षीका तर्फबाट बहस सकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जवाफी बहसमा निवेदक पक्षका ५ […]
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । उक्त पार्टीले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले तेस्रो चरणमा अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको […]
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा दुर्घटनामा १४ जनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ । उज्यालोबाट
MYANMAR : Thousands of protesters took to the streets in Myanmar’s major cities for a ninth straight day of anti-coup demonstrations on Sunday, after a fearful night as residents formed patrols and the army rolled back laws protecting freedoms. Engineering students marched through downtown Yangon, the biggest city, wearing white and carrying placards demanding the […]
काठमाडौं । पहिलो चरणको दोस्रो खोपअन्तर्गत सरकारले आइतबारदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई कोरोना खोप लगाउने भएको छ । २ फागुनदेखि ८ फागुनसम्म जिल्लामा कार्यरत सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो छ । माघ १४ देखि पहिलो चरणमा […]
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर नेप्सेमा कारोबार सुरु भएको छ । आइतबार नेप्सेको स्पेसल प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर ३४० रुपैयाँ प्रतिकित्तामा ओपनिङ कारोबार भएको छ । प्रि–ओपन सेसनमा कम्पनीको सात हजार ३८० कित्ता सेयर किनबेच हुँदा २५ लाख नौ हजार २०० रुपैयाँको कारोबार भएको छ । गत बिहीबार नेप्सेमा सूचीकरण भएको कम्पनीको सेयर पहिलो […]
KATHMANDU: The Dahal-Nepal faction of the ruling Nepal Communist Party is announcing its third phase of agitation against the dissolution of the House of Representatives (HoR) on Sunday. Bishnu Rijal, a central committee member of the party faction, said that they are announcing the third phase of agitation against the dissolution of parliament. At a […]
झापा । पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० वटा स्थान छनोटमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवर्द्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढी रहेको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल सुनिलले जनयुद्ध पनि देशको पहिचान बनेको बताएका छन्। तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्धको सम्झनामा नेकपा कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनयुद्ध दिवसको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेको नेता पौडेलले नेपालको […]