Sajhamanch Archive

अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड.

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालनमा आएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्‍चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्‍चालनमा आएको हो । यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक […]

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर.

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो। विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान […]

कोशीमा एमालेको माग : अब ठूलो दलको सरकार बनाउने प्रक्रिया थाल्नु पर्छ

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on कोशीमा एमालेको माग : अब ठूलो दलको सरकार बनाउने प्रक्रिया थाल्नु पर्छ.

विराटनगर । नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण उपधारा ३ अनुसार […]

थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक आज साँझसम्म सञ्चालनमा आउने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक आज साँझसम्म सञ्चालनमा आउने.

काठमाडौँ । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज साँझसम्ममा सञ्चालनमा आउने भएको छ। सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। […]

माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ

Published: in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् । आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् । शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर […]

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त.

ओखलढुङ्गा । विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका […]

हेटौंडामा बस दुर्घटना हुँदा ३७ जना घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on हेटौंडामा बस दुर्घटना हुँदा ३७ जना घाइते.

मकवानपुर । हेटौंडा ११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन्। नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको हो। घाइते मध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र […]

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत.

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत […]

मलेसियालाई हराउँदै नेपाल समूह विजेता

Published: in खेलकुद, मिडियाबाट साभार, समाज by . Leave a Comment on मलेसियालाई हराउँदै नेपाल समूह विजेता.

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले शुक्रबार घरेलु टिम मलेसियाविरुद्ध ८४ रनको जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरेको हो । शुक्रबार बायुइमस ओभलमा नेपालले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउने […]

कोशीमा सहमतिको सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव

Published: in प्रदेश तह, मिडियाबाट साभार, विविधा by . Leave a Comment on कोशीमा सहमतिको सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार विश्वासको मत लिनुअघि प्रदेशसभालाई सम्बोधन गर्दै कार्कीले सहमतिको सरकार वा आलोपालो सरकार बनाउन प्रस्ताव गरेका हुन्। उनले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह पनि गरेका छन्। कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक […]