Sajhamanch Archive

१२० जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १२० जनामा कोरोना संक्रमण.

झापा । नेपालमा थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ । पछिल्लो २४ घन्टामा ८३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट […]

सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर.

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो ।

म्यानमार : सेनाकाे विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on म्यानमार : सेनाकाे विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी.

एजेन्सी । म्यानमारमा बुधवार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीवार पनि निकै ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा निस्किएका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले याङ्गोनका साथै केन्द्रीय सहर मोन्यावामा पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली […]

१०७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १०७ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख ७४ हजार चार सय ८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार १० जनाको […]

ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप : उमेर खुल्ने परिचयपत्र बोक्न आग्रह

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप : उमेर खुल्ने परिचयपत्र बोक्न आग्रह.

झापा । आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्ने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र तथा स्थानीय निकायको सिफारिस लिएर खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य […]

नेकपा प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै.

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड […]

तोलामा १००० ले घट्यो सुनकाे भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा १००० ले घट्यो सुनकाे भाउ.

काठमाडौं । सुनको भाउ बिहीबार घटेको छ । आज सुन तोलामा एक हजारले घटेको हो । छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रति तोला ८६ हजार ५० रुपैयाँ कायम […]

पोलार्डले हाने ६ बलमा ६ छक्का !

Published: in खेलकुद by . Leave a Comment on पोलार्डले हाने ६ बलमा ६ छक्का !.

एजेन्सी । वेस्टइन्डिजका काइरन पोलार्डले श्रीलंकाविरुद्ध पहिलो टि२० खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । जारी पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोलार्डले छैटौं ओभरमा श्रीलंका स्पिनर अलिका धनञ्जयलाई लगातार ६ बलमा ६ छक्का […]

नेकपा नामको विवादमा फैसला आउने मिति पछि सर्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा नामको विवादमा फैसला आउने मिति पछि सर्यो.

काठमाडौं । सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् । त्यसैले सर्वोच्च अदालतले नेकपा नामको विवादमा निर्णय सुनाउने मिति पछि सरेको हो । यसअघि गत बिहीबार […]

देउवाले बोलाए पदाधिकारी बैठक

Published: (Updated: ) in राजनीति by . Leave a Comment on देउवाले बोलाए पदाधिकारी बैठक.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ । कांग्रेसले शुक्रबार पार्टी संसदीय दलको बैठक पनि राखेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेपछि रणनीति तय […]