Sajhamanch Archive

म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे

Published: in खेलकुद by . Leave a Comment on म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे.

एजेन्सी । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले खेलमा गोलको अवसर पाएपनि गोल गर्न सकेनन् । बराबरीपछि युनाइटेड र चेल्सीले समान १ अंक जोडे । २६ खेलबाट ५० अंक जोडेको युनाइटेड लिग लिडर […]

सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

Published: (Updated: ) in समाज by . Leave a Comment on सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु.

झापा । आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो । मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताए । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ । प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन […]

अब शिक्षकको जिल्लान्तर सरुवा हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on अब शिक्षकको जिल्लान्तर सरुवा हुने.

काठमाडौं । शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरी गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ । जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले […]

स्वस्तिमाले साइन गरिन् ‘थिरिमाली’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on स्वस्तिमाले साइन गरिन् ‘थिरिमाली’.

नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । काठमाडौंको एक होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ । स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । नायिका खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गरेपछि यो चलचित्रका लागि समय […]

पत्रकार महासंघको निर्वाचनमा चार संगठनले सहकार्य गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार महासंघको निर्वाचनमा चार संगठनले सहकार्य गर्ने.

काठमाडौं । नेपाल पत्रकार महासंघको आउँदो महाधिवेशनका लागि चार पत्रकार संगठनले सहकार्य गर्ने भएका छन् । जनता समाजवादी पार्टी निकटको प्रेस नेपाल, नेकपा मसाल निकटको प्रगतिशील पत्रकार संघ नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ, विप्लव समूह निकटको जनपत्रकार संगठन नेपालले सहकार्य गर्ने विषयमा आइतबार सहमति गरेका छन् । उनीहरुले पत्रकार महासंघको सबै तहका […]

प्रधानमन्त्रीले सांसद हटाउने कुरा झूट र भ्रमपूर्ण : भीम रावल

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्रीले सांसद हटाउने कुरा झूट र भ्रमपूर्ण : भीम रावल.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको बताए । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल […]

७८ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ७८ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ८२ जना निको भएसँगै […]

कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

Published: in राजनीति, स्वास्थ्य by . Leave a Comment on कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार.

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । झाका अनुसार […]

ओली समूहले प्रमुख सचेतक परिवर्तन संसदलाई जानकारी गरायो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली समूहले प्रमुख सचेतक परिवर्तन संसदलाई जानकारी गरायो.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णय संसद सचिवालयलाई जानकारी गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् । गत शुक्रबार नेकपा ओली समूहका अध्यक्ष तथा संसदीय दलका नेता ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त […]

नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि.

काठमाडौं । नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु हुने भएको हो । तर, नयाँ शैक्षिक सत्रको पठनपाठन र परीक्षा साविकमा झैँ चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका बनाएर कार्यान्वयनमा लैजान सरकारले […]