Sajhamanch Archive

प्रदेश १ मा लामो समय एकैठाउँमा बसेका प्रहरी हटाइए

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ मा लामो समय एकैठाउँमा बसेका प्रहरी हटाइए.

विराटनगर । सरुवा भएर पनि रमाना नलिइ लामो समय एकैठाउँमा बसेका प्रहरी अधिकृतलाई फिर्ता बोलाउन थालिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरले लामो समय एकैठाउँमा बस्ने प्रहरी कर्मचारीलाई सरुवा भएको ठाउँमा पठाउने अभियान थालेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना दिएर सरुवा भएका जिल्लामा पठाइएको […]

अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध.

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्छ । राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग नाता तोडेको […]

बिहीबारदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिहीबारदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम.

झापा । भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा लगातार पानी पर्नुका साथै तराई […]

बालिकामाथि क्रूरता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on बालिकामाथि क्रूरता.

काठमाडौं । २०६८ चैतमा एसएलसी दिन हिँडेकी बैतडीकी पूजा बोहरा सामूहिक बलात्कारको सिकार भइन्। २ जना अपराधीलाई २०७६ कात्तिकमा सर्वोच्च अदालतबाट जेल सजायको फैसला भयो।–२०७५ साउनमा कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। अभियुक्त अहिलेसम्म पत्ता लागेको छैन। घटना अझै रहस्यमय छ। – काभ्रेको तेमाल गाउँपालिकामा गत वर्ष असार २० गते ९ वर्षीया […]

इन्टरनेट खपत ३३ प्रतिशतले बढ्यो, टिकटक चलाउने दोब्बर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इन्टरनेट खपत ३३ प्रतिशतले बढ्यो, टिकटक चलाउने दोब्बर.

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन घोषणा गरेको लकडाउनको कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशतले बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मङ्गलबार आयोजना गरेको डिजिटल सम्मेलनमा नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीत जन थिङले देशभित्रको इन्टरनेट खपत ३५ प्रतिशतले र बाह्य खपत २५ प्रतिशतले बढेको बताउनुभयो । उनले लकडाउन सुरु हुनुअघि १४८६ गिगाबाइट […]

चार महिनापछि नयाँ नियमसहित क्रिकेट फर्किदै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on चार महिनापछि नयाँ नियमसहित क्रिकेट फर्किदै.

एजेन्सी । कोरोनाभाइरसका कारण बन्द अन्तर्राष्ट्रिय क्रिकेट ११८ दिनपछि नयाँ नियमसहित फर्किदैछ । बुधबार इङ्ल्याण्ड र वेस्ट इन्डिज पहिलो टेस्ट म्याचमा आमनसामने हुनेछन् । तीन खेलको शृङ्खलाको पहिलो खेल खाली स्टेडियममा खेलिनेछ । यदी खेलका दौरान कुनै खेलाडीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो भने पनि खेल रोकिने छैन । बरु उनको स्थानमा अर्को खेलाडीले खेल्न पाउनेछन् […]

ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास.

काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् । ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा प्रचण्ड र […]

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त, बिहीबारदेखि कार्यभार सम्हाल्ने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त, बिहीबारदेखि कार्यभार सम्हाल्ने.

काठमाडौं । नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय लिएको हो। वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। […]

सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज, ट्रेन्डिङको दोस्रो नम्बरमा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज, ट्रेन्डिङको दोस्रो नम्बरमा.

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सोमबार रिलिज भएको छ । उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म […]

चार जिल्लामा छैनन् कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on चार जिल्लामा छैनन् कोरोना संक्रमित.

काठमाडौं । नेपालका चार जिल्लामा कोरोनाभाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। ‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन्,’ उनले भने, ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली […]