Sajhamanch Archive

१६० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १६० जनामा कोरोना संक्रमण.

झापा । नेपालमा थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । यसैगरी, कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ । पछिल्लो […]

सलमानसँग ‘ब्रेकअप’पछि देश छोडेर गएकी थिइन् यी अभिनेत्री

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सलमानसँग ‘ब्रेकअप’पछि देश छोडेर गएकी थिइन् यी अभिनेत्री.

बलिउड अभिनेता सलमान खानको प्रेम सम्बन्धको चर्चा सधैँ हुने गर्छ । सेलिब्रटी भएकै कारण उनको प्रेम सम्बन्धदेखि हर व्यक्तिगत जीवनको बारेमा चर्चा हुने गर्छ । उनको सबैभन्दा बढी प्रेमसम्बन्ध र विवाहको बारेमा चर्चा हुने गर्छ । उनले आफ्नो जीवनमा थुप्रै सम्बन्धहरु राखेका छन् जुन चर्चामा पनि छ । उनका प्रेम सम्बन्धहरुमा एक अभिनेत्री हुन्, सोमी […]

विरोधसभामा सहभागी हुन प्रचण्ड–माधवको अपील

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विरोधसभामा सहभागी हुन प्रचण्ड–माधवको अपील.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन सबैलाई अपील गरेको छ । अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील गरेका हुन् । आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको प्रचण्डले बताएका छन् । ‘हामी सबैले […]

चुनावकाे तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चुनावकाे तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिएका हुन् । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रमुख आयुक्त थपलियाले आयोगले […]

गृहमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र– भागरथीको हत्यारालाई पक्राउ गरी हदैसम्मको कारबाही गरियोस्

Published: in राजनीति, समाज by . Leave a Comment on गृहमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र– भागरथीको हत्यारालाई पक्राउ गरी हदैसम्मको कारबाही गरियोस्.

काठमाडौं । नेपाल विद्यार्थी संघले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै संघले मानवतालाई नै कलंकित गर्ने उक्त घटनाको घोर निन्दा र भर्त्सना गरेको हो । ‘‘विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायतका किशोरीहरुको बलात्कार गरी हत्या […]

प्रचण्ड–माधव समूहको सचिवालय बैठक बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड–माधव समूहको सचिवालय बैठक बस्दै.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, भोलि हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठक केहीबेर पछि बस्ने उनले बताए । यो समूहले राजधानीमा बृहत जनसभा गर्दैछ । संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ । […]

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै.

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ । यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला.

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो । बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन […]

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन् । बिहान ११ बजे ओली आयोग जाने तयारी भएको उनको सचिवालय स्रोतले बताएको छ । आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५/५ जना नेतासहित छलफलका लागि बोलाएको थियो […]

विरोध प्रदर्शनमा संयमता अपनाउन सेनाको आह्वान

Published: in विश्व समाचार by . Leave a Comment on विरोध प्रदर्शनमा संयमता अपनाउन सेनाको आह्वान.

एजेन्सी । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैसँग आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभर प्रदर्शन भइरहेको छ । […]