Sajhamanch Archive

के अमेरिकी राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेको हो ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on के अमेरिकी राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेको हो ?.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोश्रो चुनावीसभा रद्द भएसँगै उनको लोकप्रियतामाथि प्रश्न उठ्न थालेको छ । राष्ट्रपति ट्रम्पको लोकप्रियतामाथि किन पनि प्रश्न उठ्न थालेको हो भने उनी सहभागी हुने सभाहरुमा मानिसहरुको उपस्थिति निकै कम देखिन थालेको छ । चुनावी सभा आयोजकहरुले मानिसहरु उपस्थित नहुने भएपछि सभा रद्द गर्न थालेका छन् । ट्रम्पको अभियानका प्रमुख […]

यस्तो छ आजको मौसम पूर्वानुमान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यस्तो छ आजको मौसम पूर्वानुमान.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । भने हाल देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, […]

कोरोना महामारीको बढी जोखिममा गर्भवती

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना महामारीको बढी जोखिममा गर्भवती.

काठमाडौं । बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् । जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । […]

नेपालगञ्ज र झापाबाट बिना पास बढी भाडा लिएर जाने सवारीसाधन नागढुङ्गाबाट नियन्त्रणमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपालगञ्ज र झापाबाट बिना पास बढी भाडा लिएर जाने सवारीसाधन नागढुङ्गाबाट नियन्त्रणमा.

काठमाडौँ । लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीमा पनि विना पास बढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौँ आएका ४ वटा सार्बजनिक भाडाका बसका साथै चालकलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा४ख ७३६३,ना ७ ख ५३९५ नम्बरको बस, बा […]

अभिभावकलाई बन्दका बेलाको पनि शुल्क तिर्न विद्यालयको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on अभिभावकलाई बन्दका बेलाको पनि शुल्क तिर्न विद्यालयको आग्रह.

काठमाडौं । विद्यालय सञ्चालकहरूले लकडाउनको समयमा पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन्। आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो। प्याब्सनका अध्यक्ष टीकाराम पुरीले नीजि विद्यालयहरु सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको […]

रिस उठ्नु स्वभाविक हो, तर ..

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on रिस उठ्नु स्वभाविक हो, तर ...

निराशा, अधैर्य र दुःख लाग्ने समस्या भएपछि हामीमा रिस पैदा हुन्छ । रिस हरेक व्यक्तिभित्र रहने एक किसिमको प्राकृतिक गुण हो । त्यसकारण रिस उठ्नु मानिसको स्वाभाविक गुण पनि हो । अन्य खास कारणले पनि हामीलाई रिस उठ्छ। धेरैजसो अवस्थामा हामीलाई बाहिरी कारणले पनि हामीभित्रको रिसलाई जगाइदिन्छ । अरूको बोली-व्यवहार, अनपेक्षित परिस्थितिहरूको कारण पनि हामीलाई […]

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने बहुमतको निर्णय, कांग्रेस र जसपाको फरक मत

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने बहुमतको निर्णय, कांग्रेस र जसपाको फरक मत.

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिको यो निर्णयमा विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र समाजवादी)ले फरक मत राखेका छन् । वैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुट्न नसक्दा […]

मेचीनगरका पाँचै जना कोरोना संक्रमित भारतबाट आएका

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका पाँचै जना कोरोना संक्रमित भारतबाट आएका.

मेचीनगर । आइतबार मेचीनगरमा थपिएका कोरोना संक्रमित २ जनासहित पाँचै जना भारतको युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएका थिए । मेचीनगरमा आइतबार थपिएका पाँचौँ कोरोना संक्रमित ३० वर्षीय पुरुष पनि भारतको मुम्बईबाट गत जेठ ३० गते नै मेचीपुल आइपुगेका थिए । मेचीपुल आइपुगेका उनलाई पनि स्थानीय जनप्रतिनिधिले एम्बुलेन्समा हालेर सिधै मेचीनगर–५ को बालकल्याण माविको क्वारेन्टिनमा […]

दल निकट पत्रकार संस्थालाई अनुदान दिएकामा विरोध

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दल निकट पत्रकार संस्थालाई अनुदान दिएकामा विरोध.

काठमाडौं । सञ्चारसंवद्ध विभिन्न पेशागत संस्थाहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारहरुको केही सीमित संस्थालाई मात्र अनुदान दिएकामा विरोध गरेको छ । हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट सत्तारुढ दल निकटका पत्रकार संगठनहरुलाई १० लाख रुपैयाँ अनुदान दिएकामा समावेशी सञ्चार अभियानमा आवद्ध विभिन्न संस्थाहरुले विरोध जनाएका हुन् । ‘विगतमा पाउँदै आएका पत्रकारहरुका अधिकांश […]

प्रदेश १ मा थपिए १५ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १५ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको […]