Sajhamanch Archive

इन्डोनेसियामा डुङ्गा दुर्घटना

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इन्डोनेसियामा डुङ्गा दुर्घटना.

एजेन्सी । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना वेपत्ता भएका बताइएको छ । शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन् । डुङ्गा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा […]

चिनियाँ र भारतीय सैनिकको झडपबारे बोल्यो नेपाल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चिनियाँ र भारतीय सैनिकको झडपबारे बोल्यो नेपाल.

काठमाडौं । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ । गलवान भ्यालीमा […]

प्रदेश १ मा थपिए ११ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ११ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शनिबार मोरङ, सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्ज गाउँपालिकामा एकजना […]

थप ३३१ जनामा कोरोना, सङक्रमितको संख्या ८६०५ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३३१ जनामा कोरोना, सङक्रमितको संख्या ८६०५ पुग्यो.

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । […]

भारतबाट दश महिनामा २८ करोडको बेसार आयात

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट दश महिनामा २८ करोडको बेसार आयात.

काठमाडौं । बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ । बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शंका नरहेपनि यसबाट कोरोना निको हुने कुनै वैज्ञनिक प्रमाण […]

होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ.

गुल्मी । गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ आएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । […]

बराबरीमा रोकियो बार्सिलोना, उपाधि होड खुला

Published: in खेलकुद by . Leave a Comment on बराबरीमा रोकियो बार्सिलोना, उपाधि होड खुला.

एजेन्सी । साबिक विजेता बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस ला लिगामा उपाधि होड खुला भएको छ । आठ खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । तर, एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल गरे बार्सासँग अंक बराबरी गर्न सफल हुनेछ । शुक्रबार भएको उत्कृष्ट […]

भारतले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगरोस्ः विप्लव

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगरोस्ः विप्लव.

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खारेजीको माग गरेका छन् । यस्तै उनले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गरेका छन् । शनिबार एक विज्ञप्तिमार्फत विप्लवले नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकू नबन्न पनि अपील गरेका छन् । गलवान उपत्यकामा […]

कोरिया र कुवेतबाट ४३८ आए, २३३ नेपाली कोरिया गए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरिया र कुवेतबाट ४३८ आए, २३३ नेपाली कोरिया गए.

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा कोरिया र कुवेतमा रहेकामध्ये आज बिहान ४ सय ३८ जना नेपाली स्वदेश आएका छन्। कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेकामध्ये कोरियाबाट २ सय २८ जना नेपाली स्वदेश फर्किएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। कोरियन एयरको चार्टर्ड विमानमार्फत उनीहरु आफ्नै खर्चमा स्वदेश फर्किएका हुन्। यस्तै, आजै त्यसै विमानबाट २ सय […]

छोरी बलात्कार गरेको आरोपमा बुुवा पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on छोरी बलात्कार गरेको आरोपमा बुुवा पक्राउ.

पाल्पा । पाल्पामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। ३१ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। उनलाई शुक्रबार पक्राउ गरिएको हो। आइतबार जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक श्रेष्ठले बताए। अविवाहित छोरीलाई […]