Sajhamanch Archive

विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो.

एजेन्सी । विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो एक दिनमा मात्रै विश्वमा एक लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै विश्वमा ४१ लाख ५२ हजार ६ सय ६८१ जनाले कोरोनालाई जितेका छन् भने ४ लाख ३६ हजार ४ सय ७० जनाको ज्यान गएको छ । […]

प्रदेश १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढ्यो

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढ्यो.

विराटनगर । आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएको छ । ९३ जना प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुने उक्त रकम प्रति निर्वाचन क्षेत्र ५० लाखबाट बढाएर १ करोड पुर्‍याइएको हो । अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रस्तुत गरेको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट भने घटाइएको छ । चालु […]

बजेट र संविधान संशोधन सकियो, अब संसदको बिजनेस के ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बजेट र संविधान संशोधन सकियो, अब संसदको बिजनेस के ?.

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित भइसकेको छ । बजेट अधिवेशनका रुपमा लिइने चालु अधिवेशनको मुख्य काम सकिएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने विषय पनि चालु अधिवेशनको मुख्य कामका रुपमा आएर सम्पन्न भयो । निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन […]

६ घण्टाभन्दा कम निद्राले कस्तो जोखिम ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on ६ घण्टाभन्दा कम निद्राले कस्तो जोखिम ?.

गहिरो एवं पर्याप्त निद्रालाई ओखती समान मानिन्छ । जब हामी यस्तो निद्रा लिन्छौं, शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । ताजापन र स्फूर्ति महसुष हुन्छ । जसरी स्वस्थ जीवनको लागि गहिरो निद्रा अपरिहार्य छ, त्यसरी नै निद्रा विथोलिएमा अनेकन रोगको भय रहन्छ । अनिद्रा आफैमा एक समस्या हो । त्यसले अरु समस्यालाई निम्त्याउँछ । अनिद्राबाट तुरुन्त […]

धानको बिउ ब्याडमै सुक्न थालेपछि झापाका किसान चिन्तित

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धानको बिउ ब्याडमै सुक्न थालेपछि झापाका किसान चिन्तित.

झापा । झापाका किसान यतिबेला धानको ब्याड नै सुक्न थालेपछि थप समस्यामा परेका छन्। चैते धानमा दाना नलाग्ने, बाला तथा बोट सुृक्ने र फौजी किराको समेत मार खेपेका किसान यतिबेला दिक्क भएका छन्। रोप्न तयारी अवस्थामा पुगेको मंसिरे धानको बिउ ब्याडमै मर्न थालेको छ। दमक १० का किसान भिरेन्द्र न्यौपाने भन्छन्, ‘जसोतसो खोजेर बिउ राखेको […]

सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय.

काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । पासले जोरबिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

प्रदेश १ सरकारद्वारा ४० अर्व ८९ करोडकाे बजेट प्रस्तुत : कृषि उद्यमका लागि निर्ब्याजी कर्जा (पूर्णपाठसहित)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकारद्वारा ४० अर्व ८९ करोडकाे बजेट प्रस्तुत : कृषि उद्यमका लागि निर्ब्याजी कर्जा (पूर्णपाठसहित).

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका २०७७/७८ को लागि कुल ४० अर्व ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा आर्थिक वर्षका २०७७/७८ को बजेट पेस गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ […]

भियतनामले कसरी कोरोनालाई हरायो ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भियतनामले कसरी कोरोनालाई हरायो ?.

चीनसँगको लामो सीमा र ९.७ करोड जनसंख्या भएको भियतनामा कोरोना संक्रमितको संख्या ३३० देखिएको छ भने एकजनाको पनि मृत्यु भएको छैन । भियतनामले आखिर के गर्यो र, जसका कारण भाइरल फैलन पाएन ? विशेषज्ञका अनुसार भियतनामले संक्रमणमाथि नियन्त्रण पाउनका लागि थोरै समय पायो र उसले त्यसको भरपुर प्रयोग गर्यो । भियतनामले संक्रमण नियन्त्रणमा लिनका लागि […]

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारविरुद्ध नेविसंघको प्रदर्शन.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा पनि आर्थिक अनियमितता भएको, क्वारेन्टिनहरु मापदण्ड अनुसार व्यवस्थित नभएकोलगायतका विषयलाई लिएर प्रदर्शन गरेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए । सोमबार काठमाडौंको विजुलीबजारबाट ¥यालीसहित नयाँ वानेश्वर पुगेको नेविसंघको […]

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो.

काठमाडौं । नेपालमा सोमबार ४५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४५१ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ। तीमध्ये १०४१ जना उपचारपछि निको भएका छन् भने १९ जनाको मृत्यु भएको छ।