Sajhamanch Archive

नेकपामा एमसीसी सकस : सचिवालय बैठक अचानक स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा एमसीसी सकस : सचिवालय बैठक अचानक स्थगित.

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित भएको हो । नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताए । त्यो आकस्मिक काम के आइलाग्यो चाहिँ […]

पहिरो आउँदा पुरिएका आठ जनाको शव फेला, एक जनाको खोजी जारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरो आउँदा पुरिएका आठ जनाको शव फेला, एक जनाको खोजी जारी.

पर्वत । लगातारको वर्षापछि आएको पहिरोले पर्वतमा घर पुरिँदा बेपत्ता भएका थप ६ जनाको शव पनि फेला परेको छ। पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ। पहिरोमा अझै एकजना वेपत्ता छन्। कुश्मा नगरपालिका–३ दुर्लुङमा स्थानीयका दुई घर पहिरोले पुरिँदा दुई परिवारका आठजनाको ज्यान गएको र एकजना बेपत्ता भएको पर्वत प्रहरीले बताएको छ। पर्वतका प्रहरी […]

प्रधानमन्त्री ओलीलाई युवाले पठाए अदुवा र बेसार उपहार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई युवाले पठाए अदुवा र बेसार उपहार.

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका युवाले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् । प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान प्रेरित गरेकाले प्रधानमन्त्रीलाई यो सामग्री पठाइएको युवा सुनिता कुमारी साहले बताइन् । उनीसहितका युवाले प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत अदुवा, लसुन […]

उल्कापिण्ड खसेपछि बनेको पोखरीको पानी एकाएक भयो गुलाबी,

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उल्कापिण्ड खसेपछि बनेको पोखरीको पानी एकाएक भयो गुलाबी,.

भारतको महाराष्ट्रको लोनार पोखरीको पानीको रङ्ग परिवर्तन भएर गुलाबी भएको छ । विशेषज्ञले यसको कारण लावणता जथा जलाशयमा उत्पन्न लेउका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् । लोनार पोखरी मुम्बईभन्दा करिब ५ सय टाढा बुलढाणा जिल्लामा पर्दछ । यो पर्यटकबीच निकै लोकप्रिय छ । यो पोखरीको निर्माण करिब ५० वर्ष अघि धर्तीमा उल्कापिण्ड ठोक्किँदा […]

आर्थिक विधेयक बहुमतले पारित

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आर्थिक विधेयक बहुमतले पारित.

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतले पारित भएको हो । यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीककरण गर्दै व्यवसाय सुचारु गरिने बताए । संसदमा सबै दलहरु मिलेर जाने […]

यौन दुर्व्यवहारको आरोपमा उद्योगका प्रडक्सन इञ्चार्ज पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on यौन दुर्व्यवहारको आरोपमा उद्योगका प्रडक्सन इञ्चार्ज पक्राउ.

विराटनगर । पाँच महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज पक्राउ परेका छन् । रातको समयमा ड्युटीमा खटिने महिला कामदारलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा भारत राजस्थान घर भई सुनसरी दुहबी बस्दै आएका २४ वर्षका पवन शर्मा (जनगिर) लाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको हो । शर्मा उक्त […]

आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति.

विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको छ । आइतबार बिहान हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको हो । बिहान करिब ५ बजेबाट सुरु भएको आगो पाँचवटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक […]

टिपरबाट खसेर सहचालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on टिपरबाट खसेर सहचालकको मृत्यु.

सिस्ने गाउँपालिका वडा नं ३ पोखरामा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ। टिपरको छतबाट खस्दा टिपरको पछाडिको पाङ्ग्राले किचेर सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। सिस्ने– ३ को अमलाचौरमा निर्माणाधीन स्वास्थ्यचौकी भवनका लागि दाङबाट इँटा लिएर आएको चुबे ढुवानी सेवाको रा१ख १४३५ नम्बरको टिपरले पोखरामा […]

तेल ट्याङकरमा विष्फोट,१० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तेल ट्याङकरमा विष्फोट,१० जनाको मृत्यु.

एजेन्सी । चीनको झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ११७ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विष्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो विष्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् । विष्फोटपछि […]

पहिरोले पुरिँदा दुईको मृत्यु, सात जना बेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले पुरिँदा दुईको मृत्यु, सात जना बेपत्ता.

पर्वत । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता भएका छन्। कुश्मा नगरपालिका वडा नं.३ दुर्लुङमा स्थानीयका दुई घर पुरिँदा दुई  जनाको मृत्यु भएको हो भने सात जना बेपत्ता भएका हुन्। वडा अध्यक्ष तेजप्रसाद शर्माका अनुसार स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरिएको हो। पहिरोले […]