Sajhamanch Archive

नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा दुई  जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा दुई  जना पक्राउ.

काठमाडौं । काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो मात्रामा नक्कली सेनिटाइजर बनाउने कच्चा पदार्थसहित पक्राउ गरेको हो । उनीहरुसँगै २ वटा ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको […]

भूमि फिर्ता भएपछि लिम्पियाधुरामा सुरक्षा र विकास : परराष्ट्रमन्त्री ज्ञवाली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भूमि फिर्ता भएपछि लिम्पियाधुरामा सुरक्षा र विकास : परराष्ट्रमन्त्री ज्ञवाली.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक, सुरक्षा र विकासका काम भूमि फिर्ता भएपछि सुरु गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भू-भाग फिर्ता भएपछि त्यसक्षेत्रमा प्रशासनिक, सुरक्षा र विकाससम्बन्धी कामहरू अघि बढ्ने बताएका हुन्। आगामी वर्षसम्ममा आफ्नै भू-भाग आउन भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ […]

चितवनमा मृत्यु भएका कोरोना संक्रमितको नारायणी किनारमा अन्त्येष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on चितवनमा मृत्यु भएका कोरोना संक्रमितको नारायणी किनारमा अन्त्येष्टि.

चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको मंगलबार अन्त्येष्टि गरिएको छ । भरतपुर महानगरपालिका– ११ का ती वृद्धको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो । उनको परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पहिला जलाउने भन्ने कुरा थियो, सोही अनुसार […]

इलाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on इलाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि.

बिर्तामोड । प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा रहेका छब्बिस बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा उनको पिसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । उनी केहीदिन अघि भारतको चेन्नईबाट […]

लकडाउनमा ६७ बालबालिकाको उद्धार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउनमा ६७ बालबालिकाको उद्धार.

काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट दुई दर्जन बढी बालबालिकाको उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा ज्येठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चाबहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो। लकडाउनका बेला सामाजिक सञ्जालहरूमा काठमाडौंको विभिन्न स्थानमा […]

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित.

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ । नेकपा महासचिव विष्णु पौडेलले संसदको छलफल लम्बिएकाले बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति […]

लक्षण नभएका मानिसको नमूना पठाए पनि प्रयोगशालाले परीक्षण नगर्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, समाज, स्वास्थ्य by . Leave a Comment on लक्षण नभएका मानिसको नमूना पठाए पनि प्रयोगशालाले परीक्षण नगर्ने.

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब लक्षणविहीन मानिसको नमूना आए पनि परीक्षण नगर्ने जनाएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ परीक्षण सम्बन्धी नयाँ निर्देशिका अनुसार अब संक्रमितसँगको सम्पर्कमा आएका र लक्षण भएकाहरूको स्वाब आएमात्र परीक्षण गरिने प्रयोगशालाकी निर्देशक डा. रूना झाले जानकारी दिइन्। उनले धेरै मात्रामा अनावश्यक नमूना आएको र प्रयोगशालाले धान्न नसक्ने भन्दै […]

स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?.

हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ । त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो […]

प्रदेश १ को बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ को बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता.

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष कृषि कर्म गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्ने योजना तयार गरेको छ । बजेट बनाउन जुटेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत रुपमा कृषि कर्म गर्न चाहनेलाई पाँच लाख रुपैयाँसम्म ऋण दिने र तीन वर्षको ब्याज तिरिदिने योजना बनाएको हो । ‘हाम्रो प्राथमिकता कृषि र स्वास्थ्य हो,’ […]

प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्नेलाई पानीको फोहोरा र लाठीचार्ज

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्नेलाई पानीको फोहोरा र लाठीचार्ज.

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास नजिकै वडा कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको हो। निषेधित क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। झडपका क्रममा प्रहरीले लाठी पनि हानेको छ। त्यसक्रममा विवेकशील नेपाली दलका उज्ज्वल थापालाई सामान्य चोट […]