Sajhamanch Archive

कोरोना महामारी नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाइन्थ्यो : मन्त्री भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना महामारी नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाइन्थ्यो : मन्त्री भट्टराई.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउनेसमेत बताए । ‘कोभिडको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट […]

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा प्रहरीमाथि ढुङ्गामुढा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा प्रहरीमाथि ढुङ्गामुढा.

कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आइतबार राति निधन भएका ६० वर्षीय कोरोना संक्रमित वृद्धको शव व्यवस्थापनमा जनप्रतिनिधिले नै अवरोध गरेका छन्। गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन बास्तोला, वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङ लगायतले नै शव व्यवस्थापनमा अवरोध गरेका थिए। स्याङ्जाको वालिङ घर […]

कांग्रेसको निश्कर्ष : कोरोना नियन्त्रणमा सरकार असफल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको निश्कर्ष : कोरोना नियन्त्रणमा सरकार असफल.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ । बैठकपछि केन्द्रीय सदस्य रमेश लेखकले भने, कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको […]

कृषि ऋण गाडी र साडीमा जान दिन्नँ : कृषिमन्त्री भुसाल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कृषि ऋण गाडी र साडीमा जान दिन्नँ : कृषिमन्त्री भुसाल.

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास घनश्याम भुसालले किसानलाई दिइने अनुदान र सहुलियत ऋणको दुरुपयोग हुन नदिने बताएका छन् । विगतमा किसानका नाममा विचौलियाहरुले नै अनुदान खाइदिएको भन्दै अब त्यस्तो हुन नदिने बताएका हुन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले कृषि अनुदान र सहुलियत ऋण किसानकै खातामा जाने व्यवस्था गर्ने दावी […]

‘जम्मु र काश्मिरमा ९३ जना मारिए’

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘जम्मु र काश्मिरमा ९३ जना मारिए’.

एजेन्सी । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो । त्यस क्रममा ती आतंककारी मारिएका र त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको भारतीय […]

सुदूरपश्चिममा थपिए ३७ जना कोरोना संक्रमित

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सुदूरपश्चिममा थपिए ३७ जना कोरोना संक्रमित.

डोटी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका पाँच र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना रहेका छन । त्यसैगरी दार्चुलामा शैल्यशिखर नगरपालिकाका आठ, लेकम गाउँपालिकाका एक र महाकाली […]

रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन.

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन भएको छ । सांसद देवन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय छानविन समिति गठन भएको हो । समितिका सदस्यहरुमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव रहेका छन् । सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि […]

कब्जियतमा घरेलु उपचार विधी

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on कब्जियतमा घरेलु उपचार विधी.

असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ । अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक […]

डोटीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on डोटीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि.

डोटी । आइतबार डोटीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नं.३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा आइतबार राति करिब ३ बजे १९ वर्षीय युवकको मुत्यु भएको थियो । भारतको लुदियानाबाट १९ गते डोटी पुगेका उनी गाउँपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टिनमा बस्दै आएका थिए । उनको मृत्युपछि […]

धेरै पीसीआर परीक्षण गर्न नसक्ने बाध्यतामा छौं : स्वास्थ्यमन्त्री ढकाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धेरै पीसीआर परीक्षण गर्न नसक्ने बाध्यतामा छौं : स्वास्थ्यमन्त्री ढकाल.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ अघि कोरोना भाइरस संक्रमण परीक्षणको दर बढाउन नसक्ने बाध्यतामा रहेको बताएका छन् । अहिले नै आवश्यकताअनुसार पीसीआर परीक्षण गर्ने क्षमता नभएको भन्दै उनले असार १५ गतेदेखि दिनमा १० हजार स्वाब परीक्षण गर्न सक्ने बताए । ‘एउटा दुईटा गर्दै दिनमा ४७ सय परीक्षण गर्न सक्ने ठाउँमा छौं […]