Sajhamanch Archive

बिहीबारदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : महाशाखा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बिहीबारदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : महाशाखा.

काठमाडौं । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भोलि (बिहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् । चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि […]

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धारिलो हतियार प्रहार गरी एक जनाको हत्या.

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं.९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ। हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए। हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए। मदिरा सेवन […]

क्वारेन्टिनमा एक महिलाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्वारेन्टिनमा एक महिलाको मृत्यु.

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए । ‘राति श्रीमानसँगै शौचालय […]

पाँच संक्रमितलाई अस्पतालले भर्ना गरेन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाँच संक्रमितलाई अस्पतालले भर्ना गरेन.

कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए । अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा […]

ब्राजिलमा रेकर्ड स्तरको मृत्यु, खतरामा आदिवासी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ब्राजिलमा रेकर्ड स्तरको मृत्यु, खतरामा आदिवासी.

एजेन्सी । ब्राजिलमा एकपटक पुनः एक दिनमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या रेकर्ड स्तरको पुगेको छ । यहाँ मृतकको संख्या तीन हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मंगलबार यहाँ १२ सय ३२ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ३१ हजार २ सय ७८ रहेको छ । यहाँ एकैदिन २७ […]

कांग्रेसका ८ सांसदको संविधान संशोधन विधेयक पार्टीको निर्णय विपरित !

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसका ८ सांसदको संविधान संशोधन विधेयक पार्टीको निर्णय विपरित !.

काठमाडौं । सरकार नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्याक’बाट पास गर्ने तयारीमा छ । तर संसद सचिवालयमा भने एकपछि अर्को गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ८ जना सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । तराई मधेशबाट प्रतिनिधित्व गर्ने […]

ताप्लेजुङका दुई सहायक वन अधिकृत घुससहित पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङका दुई सहायक वन अधिकृत घुससहित पक्राउ.

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक/एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक/पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो। सोही सूचनाका आधारमा […]

कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु.

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको […]

मौद्रिक नीतिको गृहकार्यमा राष्ट्र बैंक

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मौद्रिक नीतिको गृहकार्यमा राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकले तयारी गरेको हो । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले बताए । […]

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा ल्याइनेछ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा ल्याइनेछ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने बताएका छन् । छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कथित दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाहरु भइरहेको […]