Sajhamanch Archive

क्वारेन्टिनमा बसेका एक जनाले गरे आत्माहत्या

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा बसेका एक जनाले गरे आत्माहत्या.

 गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।  छत्रकोट गाउँपालिका वडा नम्बर वडा नंं.४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर […]

लकडाउन जेठ ३२ सम्म लम्बियो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउन जेठ ३२ सम्म लम्बियो.

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन […]

लिपुलेक विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ : भारतीय रक्षा मन्त्री सिंह

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on लिपुलेक विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ : भारतीय रक्षा मन्त्री सिंह.

एजेन्सी । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वातामा उनले लिपुलेकलगायत क्षेत्रमा देखिएको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका हुन् । ‘लिपुलेकको विषयमा नेपालसँग केही असमझदारी उत्पन्न भएको छ, जसलाई वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ’, आजतकसँगको अन्तर्वार्तामा राजनाथ सिंहले भने । […]

एमसीसीमा खनाल–रावल आक्रामक, प्रचण्ड नरम

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीमा खनाल–रावल आक्रामक, प्रचण्ड नरम.

काठमाडौं । अमेरिकी वैदेशिक सहायता नियोग अन्तर्गतको ५५ अर्ब रुपैयाँको परियोजना पारित गर्ने कि नगर्ने भनेर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएको छ । पार्टीभित्र मत विभाजनको अवस्था भएपछि नेकपाको गत माघमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले ३ सदस्यीय सुझाव कार्यदल बनाएको थियो । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल संयोजक र परराष्ट्रमन्त्री प्रदीप […]

गर्भावस्थामा अपनाउनैपर्ने सावधानी

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भावस्थामा अपनाउनैपर्ने सावधानी.

गर्भावतीहरुको एउटै कामना हुन्छ, आफुले जन्माउने शिशु स्वस्थ र तन्दुरुस्त होस् । तर, कहिले काहीँ नसोचेको नतिजा आउँछ । गर्भबाट शिशुमा केही शारीरिक समस्या लिएर जन्मन्छन् । र, यसो हुनुमा गर्भावस्थामा गरिने कतिपय लापरवाही हुनसक्छ । चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि शिशु अस्वस्थ हुन सक्छन् । पर्याप्त पौष्टिक आहार नलिनाले, […]

कोरोना संक्रमित ओसार्न कचनकवलले बस भाडामा लियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित ओसार्न कचनकवलले बस भाडामा लियो.

झापा । प्रदेश १ का जिल्लासहित स्थानीय तहमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा स्वाब संकलन धमाधम भइरहेको छ। दुई साताको अवधिमा एक सय संक्रमित पुष्टि भएको कचनकवलमा भारतबाट आएर क्‍वारेन्टाइनमा बसेकासहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अहिले धमाधम स्वाब संकलन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। शुक्रबार र […]

स्वास्थ्यको निश्कर्ष : यही मोडलको लकडाउनलाई निरन्तरता दिनु हुन्न

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्यको निश्कर्ष : यही मोडलको लकडाउनलाई निरन्तरता दिनु हुन्न.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ जेठमा देशबासीलाई गरेको सम्बोधनमा नै लकडाउनको मोडल परिर्वतन हुने संकेत गरेका थिए । तर जेठ २० आउन दुई दिन बाँकी हुँदा पनि नयाँ मोडल टुंगो लागेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने जोनिङ गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो गर्ने प्रस्तावअघि सारेको छ । विज्ञहरुको सुझाव […]

संक्रमण पुष्टि भएको तीनदिनमै कोरोनामुक्त बनिन् गर्भवती !

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on संक्रमण पुष्टि भएको तीनदिनमै कोरोनामुक्त बनिन् गर्भवती !.

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा घर भएकी एक २५ वर्षीया गर्भवती युवती कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमै संक्रमण मुक्त भएकी छिन् । हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले गत जेठ १४ गते ती महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । उनको जाँच जेठ १० गते भए पनि संक्रमण पुष्टि भने […]

संसदीय समितिकाे निर्देशन : स्थिति भयाभह हुनसक्छ, परीक्षण बढाउनू

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसदीय समितिकाे निर्देशन : स्थिति भयाभह हुनसक्छ, परीक्षण बढाउनू.

काठमाडौं । सघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोना भाइरस (कोभिन–१९) संक्रमण परीक्षणका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ । शनिबार समिति सचिवालय सिंहदरबारमा बसेको बैठकले पीसीआर परीक्षणको संख्या बढाउन र त्यसका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । परीक्षणको दर नबढाउँदा स्थिति […]

एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ.

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं.६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा शनिबार बिहान प्रहरीले उनलाई पक्राउ […]