Sajhamanch Archive

आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश हुने

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश हुने.

हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बिहान ११ बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई औपचारिक पोशाकमा निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन हेटौंडा पुग्न सांसदहरुलाई निर्देशन दिइएको छ। यसअघि सोमबार प्रदेशसभा बैठकमा आर्थिक […]

कोरोना कोषमा सवा २ अर्ब जम्मा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोरोना कोषमा सवा २ अर्ब जम्मा.

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त […]

बच्चालाई पोषक तत्वको कमी पो छ कि ? यसरी थाहा पाउन सकिन्छ

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्चालाई पोषक तत्वको कमी पो छ कि ? यसरी थाहा पाउन सकिन्छ.

बालबच्चाले एकैथरीका खानेकुरा सेवन गर्दा वा अस्वस्थकर खानेकुरा मात्र खाइरहँदा उनीहरूमा पोषक तत्वको कमी हुन सक्छ । जबकि यही उमेरमा उनीहरूको शरीरलाई सम्पूर्ण पोषक तत्वको बढी खाँचो हुन्छ । शारीरिक र मानसिक विकासको यो चरणमा बालबालिकालाई पोषणयुक्त भोजन आवश्यक हुन्छ। तर, उनीहरूको खराब खानपान शैलीका कारण पोषक तत्वको कमी भएको हुन सक्छ । पोषक तत्वको […]

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा पुन: ढुङ्गेल नियुक्त

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा पुन: ढुङ्गेल नियुक्त.

काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली थियो […]

कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ.

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नंं.८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता तीन युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात छ । प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका वडा नंं.४ का २१ वर्षीय युवक नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन […]

कोरोना जाँच नभएको भन्दै क्वारेन्टाइनबाट ३० जना भागे

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना जाँच नभएको भन्दै क्वारेन्टाइनबाट ३० जना भागे.

बुटवल । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित […]

भरतपुर अस्पतालको आइसियूमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on भरतपुर अस्पतालको आइसियूमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ.

चितवन । चितवनस्थित भरतपुर अस्पतालको आइसियू कक्षमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ। अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले ४८ वर्षीय मृतक पुरुषको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको बताए। नवलपरासी रामग्राम वडा नं.५ निवासी उनलाई आइतबार राति भरतपुर अस्पताल ल्याइएको थियो। उनमा स्वासप्रस्वास, छाती दुख्ने र वान्ता हुने समस्या देखिएको थियो। उनलाई […]

प्रदेश १ मा १६ हजार ३ सय बढीको कोरोना परीक्षण

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६ हजार ३ सय बढीको कोरोना परीक्षण.

विराटनगर । प्रदेश १ मा सोमबारसम्म १६ हजार ३ सय ८ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट जम्मा ११ हजार ६६ जनाको नमूना परीक्षण गरिएकोमा ११ हजार १२ जनाको […]

वर्षा सिवाकोटीको अपिल– ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on वर्षा सिवाकोटीको अपिल– ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’.

शनिबार बेलुकादेखि नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा परेकी छिन् । वर्षाले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् । वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण अर्की नायिका वर्षा सिवाकोटीलाई भने समस्या परेको छ । धेरै […]

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरि बिस्तार भएको बताए । ओलीले क्वारेन्टाइनको संख्या र गुणस्तर […]