Sajhamanch Archive

भ्रम फैलाएको भन्दै ७० अनलाइनको साइट बन्द

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भ्रम फैलाएको भन्दै ७० अनलाइनको साइट बन्द.

काठमाडौं । नेपाल प्रेस काउन्सिलले ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताए । उनकाअनुसार चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा यस्ता अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको हो । ‘हामीले धैरैवटा सञ्चार […]

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो.

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं.२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । आज बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को […]

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु.

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी अरबमा ५, […]

नेपालको क्षेत्रफल कति ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालको क्षेत्रफल कति ?.

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन। नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ। सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ। सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताइरहेका छन्। प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारको […]

सहायक रथी र महासेनानी सैनिक हिरासतमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सहायक रथी र महासेनानी सैनिक हिरासतमा.

काठमाडौं । जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो । जंगी अड्डाले भ्रष्टाचारका मुद्दाहरूलाई अघि बढाएर भ्रष्ट सैनिकहरूविरुद्ध जंगी अड्डा कडा रूपमा उत्रिएको हो । जंगी अड्डाले आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा सहायक रथी प्रयोगजंग राणा […]

गाउँलेको कुटाइबाट प्रेमिका भगाउन गएका युवकको मृत्यु, ६ वेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाउँलेको कुटाइबाट प्रेमिका भगाउन गएका युवकको मृत्यु, ६ वेपत्ता.

जाजरकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.४ रानागाउँका नवराज विकको कुटपिटबाट मृत्यु भएको छ। चौरजहारी–८ सोतीमाका युवाहरुको कुटपिटबाट विकको शनिबार राति मृत्यु भएको हो। नवराजसँग गएका ६ जना युवाहरु अझै बेपता रहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा १२ जनालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ। नवराज र सोतीस्थित एक युवतीबीच […]

चन्द्रमा नदेखिए पछि सर्‍यो सार्वजनिक बिदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चन्द्रमा नदेखिए पछि सर्‍यो सार्वजनिक बिदा.

 काठमाडौं । सरकारले मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा दिएको सार्वजनिक विदाको सूचना सच्याएको छ । सो पर्वको अवसरमा आज दिने भनिएको सार्वजनिक विदा चन्द्रमा नदेखिएका कारण सोमबारका लागि सारिएको हो । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी नेपाल र दक्षिण एसियाभरबाट जेष्ठ १० गते चन्द्रमा नदेखिएको र उक्त पर्व १२ गते मनाउने निर्णय भई […]

समाजवादी र राजपा नेताले देउवालाई भेटेर भने- प्याकेजमै संविधान संशोधन गरौं

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on समाजवादी र राजपा नेताले देउवालाई भेटेर भने- प्याकेजमै संविधान संशोधन गरौं.

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। नक्सा अद्यावधिकसँगै संविधानको अनुसूची संशोधन प्रस्ताव सरकारले संसदमा दर्ता गरेको अवस्थामा मधेशका जनताका मागहरू पनि समेट्नुपर्ने प्रस्तावसहित दुबै पार्टीका शीर्ष नेताहरूले शनिबार सभापति देउवालाई भेटेका हुन्। ‘संविधान संशोधनका लागि अहिले सरकारले संसदमा दर्ता गरेको छ। यो ठीक […]

बलिउडमा डेब्यु अघि नै सामाजिक सञ्जालमा तहल्का मच्चाएका ‘स्टार किड्स’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बलिउडमा डेब्यु अघि नै सामाजिक सञ्जालमा तहल्का मच्चाएका ‘स्टार किड्स’.

एजेन्सी । बलिउडका स्टार अभिनयबाहेक आफ्नो फेसन स्टाइलका कारणले समेत हमेशा चर्चाको बिषय बन्ने गरेका छन् । यी स्टारका केही सन्तान यस्ता पनि छन् । जो फेसन र स्टाइलको मामलामा आमाबुबा भन्दा एक कदम अगाडि देख्न सकिन्छ । उनीहरु आफ्नो ‘हट लुक्स’ तथा ‘फेसन सेन्स’का कारण अभिनयमा डेब्यु अगाडि नै तहल्का पिट्न सफल छन् । […]

चिनीमा लुकाएको ९ लाख रुपैयाँसहित भारतीय युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिनीमा लुकाएको ९ लाख रुपैयाँसहित भारतीय युवक पक्राउ.

सप्तरी । चिनीमा लुकाएर भारतबाट नेपालतर्फ आउन लागेका एकजना भारतीयको साथबाट ९ लाख नेपाली रुपैयाँ बरामद भएको छ । भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बथनाहा निवासी २८ वर्षीय फूलकुमार मेहताको साथबाट ९ लाख रुपैयाँ सप्तरीबाट बरामद गरिएको हो । लकडाउनको समयमा मेहता कोसी पलार हुँदै आइरहेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १४ बाट […]